काठमाडौं । सहकारी संघसंस्थाहरुले सदस्यलाई गरेको लगानीबाट आउने ब्याजलाई पूँजीकरण गरे सहकारी विभागले कारबाही गर्ने भएको छ ।
ऋण लगानीबाट आउने ब्याज र साँवा फरक फरक गरि लिनुपर्ने ब्यवस्था मिलाउन सहकारी विभागले सूचना प्रकाशन गरेको हो । सहकारी संघ संस्था वा सहकारी बैंकले प्रदान गरेको ऋणमा लाग्ने ब्याजलाई साँव रकममा जोडी ब्याज लगाउने कार्य बन्द गर्न विभागले भनेको छ । यदी कुनै सहकारीले ब्याजलाई सावामा जोडी ब्याज असुलेको पाएमा कारबाही गर्ने विभागले जनाएको छ ।
सहकारी ऐन ०७४ को दफा ५० को उपदफा ५ मा सहकारी संस्थाले प्रदान गरेको ऋणमा लाग्ने ब्याजलाई मूल ऋणमा पूँजीकृत गरी सोको आधारमा ब्याज लगाउन नपाईने ब्यवस्था रहेको छ । धेरै सहकारीहरुले सेवा दिने बाहानाम दैनिक किस्ताका रुपमा सावा तथा ब्याज असुलिरहेको, ब्याजलाई सावामा गाभी ब्याजको स्याज लिइरहेको गुनासो आएपछि सहकारी विभागले कडाई गर्ने भएको हो ।
Leave a comment