धेरै सहकारीका साधारण सभा दशै अगाडी, रुचाय प्रतिनिधिमूलक, रुचायनन् भर्चुअल बिधि

धेरै सहकारीका साधारण सभा दशै अगाडी, रुचाय प्रतिनिधिमूलक, रुचायनन् भर्चुअल बिधि :: Sahakari Akhabar

सबै भन्दा सरल र प्रभावकारी बिधि भएकोले पनि अधिकांश सहकारीहरु प्रतिनिधिमूलक तथा सदस्यको घरघरमा प्रतिवेदन पुर्यायर हस्ताक्षर संकलन गरी यो वर्षको साधारण सभा सम्पन्न गर्ने तयारी गरिरहेको पाइन्छ । भर्चुअल बिधि झण्झटिलो र प्रभावकारी नहुने सहकारीकर्मीको बुझाई छ ।

काठमाडौ । अधिकांश सहकारीले साधारण सभा दशैं अगाडीनै गर्ने निधो गरेका छन् । संस्थाहरुले सार्वजनिक सूचना प्रकाशन गरी सदस्यहरुलाई साधारण सभाको जानकारी दिएका छन् भने केही सहकारीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् । संस्थाको वेवसाइड तथा सामाजीक संजाललाई सूचनाको आधिकारिक माध्याम बनाएका संस्थाहरुले दैनिक पत्रीमामा समेत साधारण सभाको सूचना प्रकाशन हुनथालेका छन् ।

कोभिड १९ (कोरोना) का कारण सरकारले भेला सम्मेलन गोष्ठी सेमिनार जस्ता भिडभाड हुने कार्यक्रम गर्न रोक लगाएपछि सहकारीहरुलाई साधारण सभा गर्न समस्या भएको थियो । पछिल्लो समय सहकारी विभागले सहकारीको सधारण सभा गर्ने बिधिको औपचारिक सूचना जारी गरेपछि भने सहकारीले राहतको सुस्केरा हालेका छन् । सहकारी विभागले जारी गरेको बिधि मध्ये धेरै सहकारीको सूचना अनुसार प्रतिनिधि मूलक साधारण सभा हुने जनाएका छन् भने न्यून संस्थाले मात्र प्रबिधिको प्रयोग हुने जनाएका छन् ।

सहकारी विभागले असोज १ गते सहकारी संस्थाहरुकालागि साधारण सभा गर्ने १४ वटा बिधिको माध्यामबाट सम्पन्न गर्न सकिने सूचना जारी गरेको छ । विभागले जारी गरेको बिधिमा बुँदा नम्वर ६ मा साधारण सभा कार्यक्रम बिद्युतिय माध्यमबाट सञ्चालन गर्न सकिने जनाइएको छ । सदस्यहरुलाई प्रतिबेदन बितरण गर्दा गरिएको हस्ताक्षर अनुरुप तत्काल कायम सदस्यको ५१ प्रतिशत पुग्नु पर्ने भनिएको छ । संभव भएसम्म साधारण सभा सञ्चालन अबधि भरिको सबै गतिविधिहरू सामाजिक सञ्जाल वा स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउने साथै बिधुतीय माध्यमबाट गरिने साधारण सभाको सम्पूर्ण रेकर्डिङ नियमनकारी निकायमा साधारण सभा सकिएको ७ दिनभित्र पेश गर्नुपर्ने  जनाइएको छ ।

अधिकांश सहकारीहरुले दशैं अगाडीनै साधारण सभा गर्ने तयारी गरेको पाइन्छ । दशैं अगाडीनै साधारण सभा गर्दा सदस्यले दशै खर्चबापत शेयर बोनस पाउने भएकोले पनि सहकारीहरुलाई साधारण सभा गर्न सदस्यको दवाव परेको पाइन्छ । बर्तमान अवस्थामा सहकारीहरुले गर्ने साधारण सभाको लागि तयार गरिएको प्रतिवेदन र साधारण सभामा भाग लिने माध्यम सम्बन्धित संघ संस्थाको वेबसाईंटमा अपलोड गर्नुपर्ने बताएको छ । यदि सम्बन्धित संघसंस्थाको वेबसाईट नभएमा नियमनकारी निकायको स्वीकृति लिएर सार्बजनिक सूचना प्रसारण गरी प्रतिबेदन र साधारणसभा सम्बन्धी अन्य जानकारी प्राप्त गर्ने स्थान र समयको बारेमा सदस्यलाई सूचित गर्नुपर्ने बुँदा नम्वर ३ मा उल्लेख गरिएको छ ।

त्यसैगरी यदि साधारण सभा बिद्युतीय माध्यमबाट सञ्चालन गर्न नसकिने अवस्था भएमा सदस्य संख्या, सदस्यको फैलावट तथा कार्यक्षेत्र समेतको विचार गरी बढीमा १५ (पन्ध्र) दिनसम्म वा सहकारी संस्थाको स्वीकृत बिनियममा तोकिएको समय सम्म साधारण सभा सञ्चालन अवधि कायम राखी उपस्थिति पुस्तिका खुल्ला गर्न सकिने र सदस्यहरुलाई १५ दिनभित्र हस्ताक्षर गर्नका लागि उपस्थित हुने समय र स्थानको जानकारी अग्रीम गराउने, साथै निर्णय पुस्तिकामा हस्ताक्षर गर्न छानिएका प्रतिनिधिहरुलाइ सोही समयमा निर्णय पुस्तिकामा समेत हस्ताक्षर गराउने र नियामक निकायबाट समेत प्रमाणित गराउने भन्ने बुँदा ६ मा उल्लेख गरिएको छ ।

सदस्यहरुले दिएको सुझावाहरु समेटी साधारण सभाको निर्णय पुस्तिका तयार पार्ने । साथै एक भन्दा बढी जिल्ला कार्यक्षेत्र भएको सहकारी संस्थाको हकमा सेवा केन्द्रहरु मार्फत प्रत्येक जिल्लाको भिन्न भिन्नै उपस्थिति पुस्तिका तयार पारी १५ दिनभित्र अध्यावाधिक गराई केन्द्रमा अभिलेख राख्नुपर्ने भनिएको छ । साधारण सभामा उपस्थित हुने सदस्यहरुको उपस्थितिको अभिलेखको आधारमा कानून बमोजिमको गणपूरक संख्या पूरा भएमा मात्र साधारण सभाले बैधानिकता पाउने बताइएको छ ।

सबै भन्दा सरल र प्रभावकारी बिधि भएकोले पनि अधिकांश सहकारीहरु प्रतिनिधिमूलक तथा सदस्यको घरघरमा प्रतिवेदन पुर्यायर हस्ताक्षर संकलन गरी यो वर्षको साधारण सभा सम्पन्न गर्ने तयारी गरिरहेको पाइन्छ । भर्चुअल बिधि झण्झटिलो र प्रभावकारी नहुने सहकारीकर्मीको बुझाई छ ।



Leave a comment