शिव शिखर सहकारीको भक्तपुरमा ‘गार्डेन मार्ट’ उद्धघाटन

शिव शिखर सहकारीको भक्तपुरमा ‘गार्डेन मार्ट’ उद्धघाटन :: Sahakari Akhabar

भक्तपुर । कमल विनायकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले ‘गार्डेन मार्ट’ सञ्चालनमा ल्याएको छ । सोमबारबाट औपचारिक रुपमा ‘गार्डेन मार्ट’ को उद्धघाटन भएको हो । संस्थाद्धारा सञ्चालन गरेको यो दास्रो मार्ट हो । यसअघि संस्थाले डडेलधुराको बागबजारमा मार्ट सञ्चालन गरिसकेको छ ।

ललितपुरको ठैब, महाराजगञ्ज, किर्तिपुर, तुलसीपुर लगायतको ठाउँमा मार्ट सञ्चालनको अन्तिम तयारीमा रहेको संस्थाले जनाएको छ । संस्थाले निकट भविष्य मै ७७ जिल्लामै मार्ट विस्तार गर्ने संस्थाका मुख्य प्रबन्धक लिलानाथ गौमतले जानकारी दिए । काठमाडौं उपत्यकामा मात्रै ५० वटा मार्ट सञ्चालन गर्ने तयारी रहेको गौतमले बताए । मार्टबाट सदस्य तथा स्थानीयले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री पाउने ब्यवस्था गरेको गौतमले भने ।

केही समयअघि भक्तपुरको सल्लाघारीमा मुख्य कार्यालय रहेको शिव शिखर कृषि सहकारी संस्था र कौशलटारमा मुख्य कार्यालय रहेको शिखर दीप बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण भएको थियो । दुई संस्था एकीकरण भई शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट कारोबार गर्न सहकारी विभागले साउन ४ गते एकीकरण प्रमाणपत्र प्रदान गरेको थियो । संस्थाको कार्यक्षेत्र काठमाडौं उपत्यका सहित ३५ जिल्ला रहेको छ । चर्को मूल्यमा कमसल सामान खरिद गर्न बाध्य उपभोक्ताहरुका लागि सहकारीमार्फत सञ्चालन गरिएको मार्टले राहत दिने गौतमले बताए ।
 



Leave a comment