ब्याजदर कार्यान्वयन गर्नु सबैको जिम्मेवारी हो : अध्यक्ष

ब्याजदर कार्यान्वयन गर्नु सबैको जिम्मेवारी हो : अध्यक्ष :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको ब्याजदर कार्यान्वयन गर्नु सबैको जिम्मेवारी भएको बताएका छन् । उनले कार्तिक १५ गतेदेखि लागू हुने गरी तोकिएको ब्याजदर सबैले पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्घता जनाउनु पर्ने बताएका हुन् ।

नेपाल सहकारी पत्रकार समाजले असोज ७ गते आयोजना गरेको सहकारीको ब्याजदर कार्यान्वयनको सवाल’  विषयक भर्चुअल अन्र्तरक्रिया कार्यक्रममा उनले केही सहकारीहरुले पाँच प्रतिशतसम्म सेवाशुल्क लिने र छिटोछिटो नवकिरण गर्ने परिपाटी हटाउनु पर्ने पनि बताए । सहकारीको सन्र्दभ ब्याजदर शतप्रतिशत कार्यान्वयन गराउन नियमन निकाय र सहकारी अभियानले सहकार्य गर्नुपर्ने उनको धारणा छ ।

ब्याजदर कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने र ‘ब्याजदर कार्यान्वयनमा विभागसँग समन्वय पनि गर्छाै’ उनले भने, ‘हामी आफैं पनि सदस्य संघसंस्थाको नियमन गरी कार्यान्वयनमा ध्यान दिनेछौं ।’ अध्यक्ष कंडेलले महासंघले आगामी दिनमा सन्र्दभ ब्याजदरलाई बेसरेट बनाउन नियमावली संशोधन गरिने पनि बताए । उनले भने ‘बेसरेट बनाएर दुई प्रतिशत तलमाथि बनाउन सकिनेगरी ब्याजदर तय गरिनुपर्छ’ ।

अध्यक्ष कंडेलले भने ‘केही सहकारीले पाँच प्रतिशतसम्म सेवाशुल्क लिने र छिटोछिटो नवकिरण गर्ने परिपाटी छ । ती संस्थाले सदस्यलाई अनावश्यक आर्थिक भार पारी शोषण गर्दै आएका छन् । त्यस्ता सहकारीलाई सुधार गर्दै जानुपर्ने छ । ‘विभागले निरीक्षण, अनुगमन गर्छ नै महासंघले पनि निरीक्षण गरी सबै सहकारीमा ब्याजदर कार्यान्वयन गराउने छौं ।’ सुधार गर्न नसक्ने सहकारीलाई महासंघले समेत कारवाही गर्ने उनले बताए । सहकारीको ब्याज निर्धारण गर्दा ‘क’ वर्गको बाणिज्य बैंकको मात्र नभएर नेपाल राष्ट्र बैंक अन्तर्गतका क, ख, ग र घ वर्गका बैंक तथा लघुवित्त संस्थाको समेत औसत ब्याजदर हिसाब गरिनुपर्छ ।

यस अघिको ब्याजदर मुलतः लागू भएको छ, छिटफुट कार्यन्वयन नभएको होला । अभियान र नियामकको प्रयासले सहकारीमा सुधार ल्याउनुपर्ने उनले बताए । ‘पछिल्लो पटक तय भएको ब्याजदरमा अन्यथा लिनुपर्ने विषय छैन’ उनले भने,सदस्यको हितका लागि सोच्ने कुरा हो ।’ सहकारीले पनि लघुवित्तको काम गर्दै आएकाले महासंघले अधिकतम १५ प्रतिशत ब्याज बनाउन सुझाव दिएको थियो । सन्र्दभ ब्याजदर सधैँ एकनास नरहने भन्दै कडेँलले आवश्यकता अनुसार तीन÷ तीन महिनामा समीक्षा गर्दै घटबढ हुने बताए । ब्याजदर निर्धारण समितिले कात्तिक १५ बाट लागुहुनेगरी गत असोज ५ गते सहकारीको ब्याजदर १४ दशमलव ७५ प्रतिशत निर्धारण गरेको थियो । 



Leave a comment