सदस्य संस्थामा तरलता अभावमा सहयोग पुर्याउन केन्द्रीय सहकारी संघ तथा जिल्ला संघहरुले विपद् ब्यवस्थापन कोष स्थापना गरेका छन् । राष्ट्रिय सहकारी बैंकले १ अर्व र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले १ अर्वको विपद् ब्यवस्थापन कोष स्थापना गरेका छन् । त्यसैगरी विषयगत केन्द्रीय संघ तथा विषयगत जिल्ला संघहरुले पनि सहकारीरुलाई पर्ने वित्तिय संकटमा सघाउन कोष स्थापना गरेका छन् ।
काठमाडौ । बचत तथा ऋणमा मात्र केन्द्रीत भएको आरोप खेपिरहेका सहकारीहरुले पछिल्लो समय सदस्य हितका काम गर्न थालेको देखिएको छ । सदस्यको आर्थिक सामाजीक र सास्कृतिक उत्थान गर्ने उद्देश्यले स्थापीत सहकारीहरु यतीबेला राज्यको पनि सारथी भएका छन् ।
मूलुक कोरोनाको कहरबाट गुज्रिरहेको बेला सहकारीहरुले सदस्य मात्र हैन, समुदाय र राज्यको हितमा काम गरेको पाइएको छ । सदस्यको घर घरमा पैशा पुर्याउने देखि राहत बितरण, खाद्यान्न सहयोग, कारोना विमा, सापटी कर्जा, ब्याज तथा हर्जना छुट, सहुलियत ऋण, स्वाथ्य परामर्श, स्वास्थ्य सामाग्री बितरणका साथै राज्यको विपद् कोषमा सहकारीले योगदान गरेको देखिन्छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानले हालसम्म १० करोड बढि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरिसकेको बताएका छन् । देशभरीका सहकारीहरुले महासंघको कोष तथा स्थानीय राहतकोष मार्फत सहयोग गरेको र यतीखेर अग्रपंत्तिमा रहेर सामाजीक काम गरिरहेको उनको भनाई छ ।
राष्ट्रिय सहकारी महासंघका संचालक तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले जिल्लाका सहकारी मार्फत स्थानीय तहहरुको विपद् कोष तथा प्रत्यक्ष रुपमा तीन करोड बराबरको राहत योगदान गरेको बताए । उनले विपद्को समयमा जिल्लाका सहकारीले ब्यक्ती मात्र नभएर समुदायस्तरमा पनि धेरै काम गरेको बताए ।
जिल्ला संघ आफैले पनि तरलता अभाव भएर संकट पर्न गयो भने सदस्य संस्थालाई ८ प्रतिशत ब्याजदर र शुन्य दशमलब ५ प्रतिशत सेवा शुल्कमा १ करोड सम्म कर्जा उपलब्ध गराउने गरेको बताए । उनले भने “जिल्लाका सहकारीले विपन्नवर्गलाई खाना खुवाउने, खाद्यान्न बितरण गर्ने, स्वास्थ्य सामाग्री बितरण गर्ने, जनचेतना अभिवृद्धि गर्नेलगायतका कार्य गरेका छन् ।” उनले कोरोनाकै समयमा जिल्ला सहकारी संघले समन्वय गरेर एककालागि एक अभियान सुरु गरेको छ । २५ लाख रुपैंया संघले तथा सहारा नेपाल साकोसले १५ लाख सहयोग गरेको छ ।
उक्त अभियानले पिसिआर ल्याब स्थापना गरी सरकारलाई हस्तान्तरण गरिसकेको अध्यक्ष ढकालले जानकारी दिए । त्यसैगरी सहकारी संस्थाहरुले सदस्यलाई सम्पर्क ब्यक्ती मार्फत घरदैलो सेवा, बिना ब्याज सापटी कर्जा, ब्याज तथा हर्जाना छुट, सेवा शुल्क छुट्, सदस्यको कारोना विमालगायत सदस्यहरुलाई स्वास्थ्य परामर्श दिएको बताए । त्यसैगरी जिल्लाका सहकारीहरुले प्रबिधिको प्रयोग गरी सदस्यलाई निरन्तर सेवा प्रदान गरेको बताए ।
बन्दाबन्दीको समयमा समुदायमा आधारित भएर संचालित सहकारीले सदस्यको पैशा फिर्ता दिन नसकेको, संस्था बन्द भएको जस्ता घटना नभएपनि अवका दिनमा ब्यवसाय बन्द भएर सदस्यले ऋण तिर्न नसक्दा, संस्थाको लागानी नआउने, संस्थामा तरलता अभाव हुने जस्ता समस्या आउनसक्ने उनको भनाई छ ।
सरकारको नीजि, सहकारी र सरकारी मोडलमा साझेदारीको नारामा मात्र सिमित भएको तर नमुना काम हुन नसकेको उनले बताए । उनले भने सहकारीसंग पूँजी परिचालन गर्ने क्षमता भएपनि कानुनी ब्यवधानले सहकारीको लगानी उत्पादनमा जान सकेको छैन । राज्यले यी तीनै क्षेत्रको सहकार्यमा सहकारीको पूँजी परिचालन गर्ने बताबरण तयार गर्नु पर्ने उनको भनाई छ ।
राष्ट्रिय सहकारी बैंकका संचालक तथा सहारा नेपाल बचत तथा ऋण सहकारी झापाका सचिव महेन्द्रकुमार गिरीले संस्थाले प्रदेश एकको ७० वटा गाउँपालिका तथा नगरपालिकाको विपद् कोषमा ५६ लाख सहयोग गरेको बताए । उनले राष्ट्रिय सहकारी महासंघको विपत कोषमा ५ लाख सहयोग गरेको जानकारी दिए ।
साथै संस्थाले बन्दाबन्दीको समयमा दमकमा रहेको भुटानी शरणार्थी क्याम्पमा रहेका एक हजार परिवारलाई खाद्यान्न सहयोग गरेको, सिमा सुरक्षामा खटेका सुरक्षकर्मीहरुकालागि ६ लाख बराबरको सामाग्री सहयोग गरेको जानकारी दिए । उनले सदस्यलाई ७ करोड १५ हजार रुपैंया सापटी कर्जाको रुपमा दिएको साथै स्वास्थ्य सामाग्री, खाद्यान्न राहत लगायतका सामाजीक कार्य गरेको बताए ।
त्यसैगरी सदस्यलाई तीन करोड ४५ लाख रुपैयाँ ब्याज मिनाहा गरेको, आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको र ‘ऋणको किस्ता समेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको जनाए । संस्थाले स्वास्थ्य चेतना अभिवृद्धि गर्ने सदस्यको कोरोना बीमा गरिदिने, सदस्यलाई स्वास्थ्य समस्या भएमा उपचारकालागि सहयोग गर्ने गरेको गिरीले जानकारी दिए । साथै बचतको ब्याज समेत नघटायको र सदस्यहरुलाई प्रविधि मार्फत सेवा प्रवाह, समुहमार्फत सदस्य सेवालाई निरन्तरता दिएको उनको भनाई छ ।
झापाको शिखर बचत तथा ऋण सहकारी संस्थाले सहकारीको अगुवाईमा भएको एककालागि एक अभियान, पीसीआर प्रयोगशाला स्थापनाकालागि ५१ हजार, सहयोग गरेको छ । त्यसैगरी स्थानीय तहको विपद् राहत कोष अन्तर्गत बिर्तामोड नगरपालिकाको राहत कोषमा एक लाख ६१ हजार, अर्जुनधारा नगरपालिकाको राहत कोषमा ५१ हजार, बाह्रदशीको राहत कोषमा ८८ हजारलगायत स्थानीय राहत कोषमा संस्थाले ३ लाख सहयोग गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।
उनले बन्दाबन्दीको समयमा पनि सम्पर्क ब्यक्ती मार्फत सदस्यलाई सेवा दिएको, ब्याज तथा हर्जानाबापत सदस्यहरुलाई ११ लाख छुट दिएको बताए । साथै १५० जना विपन्न सदस्यलाई खाद्यान्न बितरण, क्वारेनटाइनमा रहेका मानिसहरुकालागि कपडा बितरणलगायतका सामाजिक कार्य गरेको राउतको भनाई छ । बिपद्मा सहकारीको सेवाप्रति सदस्य आकर्षित भएकोले अन्य वित्तिय संस्थाभन्दा सहकारीको सेवा प्रभावकारी रहेको उनले बताए । यो समयमा सहकारीहरुले प्रविधिको अत्याधिक प्रयोग गरेको उनले भनाई छ । अध्यक्ष राउतले संस्थाको मात्र ५ सय सदस्यले सकृयरुपमा मोबाइल बैकिङ सेवा लिएको बताए ।
झापाकै कर्णाली बचत तथा ऋण सहकारीले बन्दा बन्दीको समयमा पनि सदस्यलाई निरन्तर रुपमा वित्तियलगायतको सेवा प्रवाह गरेको संस्थाका लेखा प्रमुख डिल्ली बस्नेतले बताएका छन् । उनका अनुसार संस्थाले स्थानीय पालिकाको विपद् कोषमा ८ लाख सहयोग गरेको छ । सदस्य तथा गैह् सदस्यहरुलाई राहत बितरण, सदस्यहरुलाई ५ हजारसम्म बिना ब्याज ऋण तथा १० हजार सम्म १० प्रतिशत ब्याजमा ऋण दिएर सहयोग गरेको बस्नेतले बताए ।
ब्याजमा १० प्रतिशतसम्म छुट दिएको संस्थाले मोबाइल बैंकिङलगायतको सेवा प्रदान गरी सदस्यलाई वित्तिय साथै अन्य सेवा दिएको उनले जनाए । बन्दा बन्दीमा अन्य वित्तिय संस्थाले समय तथा कारोबारको सिमा तोकेर सेवा दिएका थिए भने सहकारीको सेवा सम्पर्क ब्यक्तीमार्फत सदस्यको घरदैलोमै बचत फिर्ता गरीरहेका छन् । यस समयमा सहकारीले सदस्यको घरघरमा खाद्यान्न, तरकारी, स्वास्थ्य सामाग्री बितरण गरेका थिए । धेरै सहकारीले कार्यालय खोलेरै सेवा प्रवाह गरेको पनि पाइयो ।
सहकारी संस्थाबाट संचालन गरेको एटिएम सेवा सहकारीका सदस्यबाहेक गैह् सदस्यहरुले पनि उपयोग गरेको काठमाडौको सितापाइलामा रहेको सीतापाइला बहुउद्देश्यीय सहकारीका कार्यकारी अध्यक्ष केदार मानन्धरले बताए । उनले भने यस अवधिमा सहकारीबाट संचालन भएको एटिएम सेवा सहकारीका सदस्य मात्रलाई नभएर अन्यले पनि उपयोग गरेको पाइयो ।
त्यसैगरी चाबहिलमा रहेको कुमारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले सदस्यलाई खाद्यान्न लगायत, स्वास्थ्य सामाग्री बितरण, बिमा सेवा तथा स्वास्थ्य उपचारकालागि सहयोग, दैनिक कारोबार लगायत मोबाइल बैंकिङ, निशुल्क एटिएम सेवा प्रदान गरेको बताए । पछिल्लो समय सहकारीहरु समुदायमा समर्पित भएर सेवा प्रवाह गरेपनि केही सहकारीमा तरलताको अभाव देखिने अवस्था आएको छ ।
सदस्य संस्थामा तरलता अभावमा सहयोग पुर्याउन केन्द्रीय सहकारी संघ तथा जिल्ला संघहरुले विपद् ब्यवस्थापन कोष स्थापना गरेका छन् । राष्ट्रिय सहकारी बैंकले १ अर्व र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले १ अर्वको विपद् ब्यवस्थापन कोष स्थापना गरेका छन् । त्यसैगरी विषयगत केन्द्रीय संघ तथा विषयगत जिल्ला संघहरुले पनि सहकारीरुलाई पर्ने वित्तिय संकटमा सघाउन कोष स्थापना गरेका छन् ।
Leave a comment