प्रतिनिधिमूलक साधारण सभा उत्तम विकल्प : महासंघ

साधारण सभाको निर्देशनकोलागि अन्तिम छलफल 

प्रतिनिधिमूलक साधारण सभा उत्तम विकल्प : महासंघ :: Sahakari Akhabar

काठमाडौं । विषम् परिस्थितिमा सहकारी संघ संस्थाले गर्ने साधारण सभाको निर्देशिका निमाणकालागि सहकारी विभागले सरोकारवालाहरुसंग आज अन्तिम पटक छलफल गरेको छ । सहकारी संघ संस्थाले गर्ने साधारण सभाको मिति नजिकिँदै गर्दा सहकारी विभागले सरोकारवालाहरुसंग अन्तिम पटक छलफल गरेको हो ।

छलफलमा सहभागीहरुले प्रतिनिधिमूलक सभाको विकल्प नभएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले पेश गरेको चार बुँदे सुझावमाथि सहभागीहरुले बिचार राखेका थिए । महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीको कानुनी आधारमा रहेर विभागलाई ४ बुंदे सुझाव पेश गरेको बताए ।

उनले वर्तमान अवस्थामा संस्थाहरुले प्रतिनिधिमूलक साधारण सभा गर्नुको विकल्प नरहेको भन्दै निर्वाचन गर्नु पर्ने संस्थाकालागि बर्तमान कार्यसमितिलेनै कायभार सम्हाल्नेगरी आगामी वर्ष मात्र निर्वाचनको कार्यक्रम गर्ने ब्यवस्थाकालागि सुझाव दिएका छन् । त्यसैगरी साना तथा २ हजार भन्दा कम सदस्य सख्या भएका संस्थाहरुले भर्चुअल रुपमा गरेको साधारण सभालाई मान्यता दिनुपर्ने पनि कंडेलले सुझाव दिएका छन् ।

उनले सहकारी संघ संस्थाहरु अत्तालिइसकेको हुनाले १÷२ दिन भित्रै साधारण सभाको निर्देशिका जारी गर्न विभागलाई सुझाव दिएका हुन् । राष्ट्रिय सहकारी महासंघले संक्रमण रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरी आर्थिक वर्षको अन्त्यसम्म सधारण सभा गर्न सकिने त्यसैगरी प्रस्ताव र प्रतिवेदन सदस्यलाई अग्रिमरुपमा उपलब्ध गराई निणर्यपुस्तिका खुल्ला राखि निश्चित अवधि भित्र साधारण सभा सम्पन्न गर्ने, क्षेत्रगत रुपमा प्रतिनिधि चयन गरी भर्चुअल साधारण सभा गर्ने साथै बार्षिक कार्यक्रम र बजेट स्विकृतिको अधिकार हालको अवस्थामा संचालक समितिलाई हुनेगरी सहज स्थिति भए पश्चात् सभा गरी उक्त कार्यक्रम र बजेट स्विकृत गर्नेलगायतको चार बुँदे सुभाव पेश गरेको थियो ।

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सबैका सुझावका आधारमा सहकारी संघ संस्थाले गर्ने साधारण सभाकाको सहजताकालागि चाँडै सहजीकरण गरिने बताए । छलफलमा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा थामसुहाङ सुब्बा तथा कृषि केन्द्रीय सहकारी संघका महाप्रवन्धक रुद्र भट्टराई र पत्रकार यादव हुमागाईले सुभाव राखेका थिए ।



Leave a comment