काठमाडौं । ललिपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईले लहडमा खोलेका संस्थाहरुमा मात्र तरलताको समस्या भएको बताएका छन् । उनले समुदायमा आधारित र ब्यवसाय केन्द्रित सहकारीमा तरलताको अभाव नरहेको बताएका हुन् ।
शनिबार सहकारी हकहित राष्ट्रिय समाजले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सहकारीमा परेको तरलत अभाव, असर र व्यवस्थापनको विषयमा गरेको भर्चुअल छलफलमा बजगाइले लहैलहैमा खोलेका संस्थामा तरलताको समस्या देखिएको बताएका हुन् ।
उनले भने ‘केही सहकारीले लकडाउन बढे हुन्थ्यो, संस्था बन्द भईरहे सदस्यलाई बचत फिर्ता गर्नुपर्दैन थियो भन्ने मनोकामना राखेको पाईन्छ,’ ललितपुर जिल्लामा सात देखि १० प्रतिशत सहकारी संस्था लहैलहैमा खुलेका छन् ।’ उनले भने सबै सहकारीको अभिभावक भएकाले जिल्ला बचत संघ त्यस्ता सहकारीलाइ कसरी सहयोग गर्न सकिन्छ भनेर केन्द्रित छ, । उनले संघले विषम परिस्थितिमा सदस्य संस्थालाई सहयोग गर्न स्थापना गरेको १० करोड रुपैयाँको कोरोना आपतकालिन कोषबाट अहिले सम्म साँढे ४ करोड रुपैयाँ सहकारीलाई वितरण गरिसकेको बताए ।
ललितपुर बचत संघले ५ सय २४ ओटा सदस्य संस्थाहरुलाई महामारीबाट पुगेको असर बुझ्न संस्थाको अवस्था, तरलता, संक्रमितको अवस्था, संस्थाले गरेका सामाजिक कामबारे प्रश्न राखेर तयार पारेको सर्वेक्षण फारम पठाएको आफ्ना सदस्य संस्थालाई फोन र एसएमएस मार्फत समेत सम्पर्क गरिरहेको बजगाइले जनाए ।
Leave a comment