इटहरी । प्रदेश एकका सहकारी संस्थालाई कार्यक्षेत्र पुनःनिर्धारणकालागि रजिष्ट्रार कार्यालयले परिपत्र जारी गरेको छ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले प्रदेश १ मा रहेका सहकारीको कार्यक्षेत्रमा अन्योल रहेकाले नियमनमा कठिनाई भएको भन्दै सहकारीलाई कार्यक्षेत्र पुनःनिर्धारण गरेर प्रतिवेदन पेश गर्न भनेको हो ।
कार्यालयले सहकारीलाई संघ, प्रदेश र स्थानीय तह मिलान हुनेगरि ‘प्रदेश सहकारी ऐन, २०७६ को दफा १६ (५) तथा नियमावलीको नियम ८ अनुसूची १२ बमोजिम’ कार्यक्षेत्र पुनःनिर्धारण गरेर प्रतिवेदन पेश गर्न सूचना जारी गरेको छ । मुलुकमा संघीयता कार्यान्वयन भएपछि सहकारीलाई कार्यक्षेत्रको आधारमा संघ, प्रदेश र स्थानीय तहले नियमन गर्दै आएका छन् ।
एक स्थानीय तह भित्र कार्यक्षेत्र भएका सहकारीलाई सम्बन्धित स्थानीय तहले, दुई वा दुई भन्दा बढी स्थानीय तह सम्म कार्यक्षेत्र रहेका सहकारीलाई सम्बन्धित प्रदेश र बहुप्रदेशमा कार्यक्षेत्र रहेका सहकारीलाई संघीय सरकारले नियमन गर्ने कानुनी व्यवस्था रहेको छ ।
Leave a comment