काठमाडौं । उपत्यकाका सहकारी कार्यालयहरु दैनिक ४ घण्टा खोल्न पाउने भएका छन् । सरकारले भदौ ३ गते देखि गरेको उपत्यका निशेधाज्ञालाई केही खुकुलो गर्दै बन्दाबन्दीको दायरामा परिवर्तन गरेको हो ।
भदौ २४ गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सहकारी संस्थाहरु बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म कार्यालय खोल्न पाउने गरेको हो । सूचनामा सहकारीहरुले स्वास्थ्य सम्वन्धि मापदण्ड अपनाउनु पर्ने भनिएको छ । साथै सहकारीहरुले गर्ने साधारण सभालगायतका कार्य गर्न प्रशासनले रोक लगाएको छ ।
भिडभाड हुने गतिबिधि गर्न र २६ सिट भन्दा कम सिट भएका सार्वजनिक सबारीसाधन संचालनमा रोक लगाएको छ । भोली देखि जोर बिजोरका आधारमा निजी सवारी साधन संचालन हुने छन् ।
Leave a comment