काठमाडौं । सहकारीको साधारण सभाको निर्देशिका पर्खिरहेका सहकारी संघ संस्थाहरुकोलागि सहकारी विभागले केही दिन पर्खन भनेको छ । सहकारी विभागले परिपत्र जारी गरी विषम परिस्थितिमा सहकारी संघ संस्थाहरु साधारण सभा कसरी गर्ने भन्ने अन्यौलता रहेको बेला भदौ २१ गते सहकारी विभागले परिपत्र जारी गरेको हो ।
परिपत्रमा संघसंस्थाहरुको लेखापरिक्षण तथा साधारणसभा कसरी सम्पन्न गर्ने भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल तथा अन्तक्र्रिया भइरहेकोले नआत्तिन भनेको हो । परिपत्रमा भनिएको छ “सरोकारवालाहरु संगको छलफल तथा अन्तक्र्रियाबाट प्राप्त भएका सुझाव सहितका आधारमा उपयुक्त निकास सहितको निचोड निकालिने छ ।”
प्रत्येक आर्थिक वर्षको पुष मसान्तसम्ममा लेखापरिक्षण तथा साधारण सभा सम्पन्न गर्ने समय रहेको हुनाले उक्त समयभित्र कार्य सम्पन्न हुनेगरी छलफल तथा अन्तक्रिर्या भइरहेको जनाएको छ । कोरोनाका कारण सहकारी संघ संस्थाहरु साधारण सभा कसरी गर्ने भन्ने अन्योलमा रहेको र नियामक निकायको निर्देशिन पर्खिरहेको बेला सहकारी विभागले परिपत्र जारी गरेको हो ।
Leave a comment