नेपाल सहकारी बैक स्थापना हुने

नेपाल सहकारी बैक स्थापना हुने :: Sahakari Akhabar

काठमाडौं । सहकारी क्षेत्रमा अर्को एउटा बैंक स्थापना हुने भएको छ । सहकारी ऐन तथा नियामावलीले दिएको अधिकार प्रयोग गरी बैंक स्थापना गर्न गर्न लागिएको हो ।

ब्यवसायीक प्रतिस्पर्धातमक आवश्यकता महसुस गरी नेपाल सहकारी बैंक स्थापना हुन लागेको हो । हाल देशमा सहकारी क्षेत्रको एउटा मात्र सहकारी बैंक रहेको छ । सहकारीमा सिन्डिकेट भएको र त्यसलाई तोड्न सहकारीकर्मीहरुले नयाँ बैंक स्थापनाको प्रस्ताव लगेका छन् ।

ब्यवसायीक प्रतिस्पर्धाकालागि पनि बैंकहरुको आवश्यकता भएको सहकारी क्षेत्रले महसुस गरेको तदर्थ समितिका सदस्य शम्भु घिमिरेले बताए । उनले भने शुद्ध प्रतिस्पर्धाकालागि वर्तमान सिन्डिकेट तोडिनु पर्छ । सहकारी बैंक स्थापना हुने प्रस्तावित फाईल नेपाल राष्ट्र बैंकमा पुगेको श्रोतले जनाएको छ । देशभर कार्यक्षेत्र रहनेगरी प्रस्ताव गरिएको उक्त बैंकमा २७ सदस्यीय कार्यदल रहेको छ भने, कार्यदलको नेतृत्व सहकारीकर्मी सुरेन्द्र भण्डारीले गरेका छन् ।

बैंक स्थापनाकालागि कार्यदल बनिसकेको र राष्ट्र बैंकको स्विकृती पाउने जनाएको छ । सहकारी ऐन ०७४ ले सहकारी बैंक स्थापना गर्न अनुमती दिएको छ । ऐनमा नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरू गठन गर्नसक्ने छ भन्ने उल्लेख गरेको छ । त्यसैगरी सहकारी नियामावली ०७५ मा सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तीमा ५०१ वटा संस्था वा संघहरु आपसमा मिलि सहकारी बैंकको गठन गर्न सक्ने उल्लेख गरिएको छ ।

त्यसैगरी गठन हुने सहकारी बैंकको शेयर पूँजी कम्तीमा ३ अर्व रुपैंया हुनु पर्ने छ भने संस्थागत पूँजी पचास करोड हुनु पर्ने उल्लेख छ ।  त्यसैगरी आवेदक संस्थाहरु विगत तीन वर्ष देखि नाफामा रहेको हुनु पर्ने र राष्ट्रिय सहकारी महासंघको सिफारिस लिनु पर्ने प्रावधान नियामावलीमा गरिएको छ । अर्को सहकारी बैंक स्थापना हुन नदिन सहकारी क्षेत्रका केही नेता लागिपरेको श्रोतले जनाएको छ । देशमा वर्तमान अवस्थामा कम्तिमा पनि पाँचवटा सहकारी बैंकको आवश्यकता रहेको प्रस्तावित सहकारी बैंकका सदस्यको भनाई छ ।



Leave a comment