काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीले बैंक वित्तिय संस्थाको भुत बोकेर गन्तब्यमा पुग्न नसक्ने बताएका छन् । उनले सहकारीहरु आफूलाई बैंक वित्तिय संस्थासंग दाँजेर अघि बढ्न खोजेको बताएका हुन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले शनिबार आयोजना गरेको ‘सहकारी र बैंक \ वित्तीय संस्थासँग सहकार्य’ विषयक भच्र्युअल छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार पाण्डेले बैंक वित्तिय संस्थाबाट हामीले मद्धत लिने, सहयोग लिने हो तर बैंक वित्तिय संस्थाको भूत बोकेर गन्तब्यमा पुग्न नसक्ने बताए ।
उनले भने ‘हामी बैंक वित्तिय संस्था हुन खोज्ने हैन । सहकारीका सहकार्यका सम्भावना प्रशस्त छन् । तथापी संबिधानलेनै यी दुई संस्थाको बिचम विभेद गरेको छ ।’ उनले बैंक वित्तिय संस्था नाफाकोलागि संचालन हुने् र नेपाल राष्ट्र बैंकले नियमन गर्ने तर सहकारी समाजीक ब्यवसाय र सदस्यको हितकोलागि गरिने ब्यवसाय भएको र यसका आफ्नै संरचनाहरु भएको बताए । कामको प्रकृति उस्तै उस्तै भएपनि सहकार्यचाँही हुन नसकेको र सहकारीको नियमन गर्न प्राधिकरण लगायत छुट्टै संरचना आवश्यक भएको बताए । बैंक तथा वित्तीय संस्थासँग प्रविधिमानै सहकार्य गर्न सकिने उनको भनाई छ ।
सहकारीहरुले डिजिटल कार्यकोलागि बैंक वित्तिय संस्थाको भर पर्नु परेकोले उनीहरुसंग अनुभव साट्न सकिने पनि बताए । उनले भने ‘आजको दिनमा ४ खर्वको कारोबार सहकारी क्षेत्रले गरेको छ । कुल कारोबारमा सहकारीको कारोबार दश प्रतिशत छ । कामको प्रकृति एउटै हुदाँ पनि बैंक र सहकारीमा सहकार्य हुन सकेको छैन् ।’ ग्रामीण सहकारी प्रविधिमा जान बैंकसँग सहकार्य गर्नुपर्ने, कर्जा सूचना केन्द्र, मनि लन्ड्ररिङ लगायत क्षेत्रमा सहकार्य आवश्यक पर्ने बताए ।
उनले भने सहकारी हेर्ने तीनवटा निकाय छन्, तीनवटै निकायमा सहकारीका हरेक संरचना निमार्ण गर्ने हो भने मूलुको अर्थब्यवस्थाले धान्दैन । सहकारी जोगाउने हिसावमा सवै नागरिकको जिवन खाल्डोमा हाल्न मिल्दैन । सदस्यको बचत खायर संचालकहरु फरार रहेका घटनाहरु दिनप्रतिदिन बढेको र सहकारी विभागमा उजुरीहरु चाङ लागेका छन् ।
यथेष्ट तथ्याङ्क छैन्, सहकारीको योगदानको पत्तो छैन् । ३५ हजार सहकारीको आवश्यकता मूलुकले पुष्टी गर्न सक्छ ? हामी अलि महत्वकांक्षीढंगले सहकारीको तथ्याङ्क संकलनमा लागेका छौं, । सदस्यको हितको विषयमा अभियान, सरकार र मिडियाले चासो नलिएको रजिष्ट्रार पाण्डेको बिचार छ ।
Leave a comment