काठमाडौं । लकडाउन अबधीमा आंशिकरुपमा कार्यालय खोलेर र सम्पर्क ब्यक्ती तेकेर सेवालाई निरन्तर दिएका सहकारीहरुले पछिल्लो समय सरकारको निषेधाज्ञामा पनि सेवालाई निरन्तरता दिएका छन् ।
कोभिड १९ (कारोना) संक्रमणको जोखिम बढेपछि भदौ १० गते सम्मकालागि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । अत्याबश्यक सेवा बाहेकका सम्पूर्ण ब्यापार ब्यबसाय बन्द गर्ने सरकारको कडा निर्देशन अनुसार बैक वित्तिय संस्थाहरुले पनि शाखा तथा कार्यालय बन्द गरेका थिए ।
एटिएम सेवासम्म बन्द भएपछि बैंक तथा वित्तिय संस्थाहरुका कर्मचारीलाई प्रशासनले कडाइर्मा कम गरेको छ । तर सहकारी संस्थाहरुलाई अत्याबश्यक सेवा प्रवाह गर्ने संस्थामा नराख्दा सदस्यलाई सेवा दिन नपाएको गुनासो आएपछि सहकारीहरुले सम्पर्क ब्यक्तीमार्फत भएपनि सदस्इलाई सेवा दिइरहेका छन् । उपत्यकाका सत्प्रतिशत् सहकारीले वित्तिय कारोबार गर्ने गरेका भएपनि प्रशासनले समन्वय नगर्दा सहकारीका सदस्यले सेवा लिन नपाएको गुनासो आउनथालेको छ ।
सरकारको निषेधाज्ञाको निर्देशन आए लगत्तै उपत्यकाका जिल्ला सहकारी संघ तथा विषयगत संघहरुको संयुक्त बैठक बसी सम्पूर्ण सहकारी संघ संस्थाहरुले कार्यालय बन्द गरी सम्पर्क ब्यक्ती तोकेर सेवा दिन निर्देशन जारी गरेका थिए । राष्ट्रिय सहकारी महासंघले पनि कार्यालय बन्द गरी, प्रविधिको प्रयोग गर्न र सम्पर्क ब्यक्ती मार्फत सेवा दिन निर्देशन जारी गरेको छ ।
उपत्यकामा सवै सहकारीको कार्यालय बन्द रहेपनि संघसस्थाहरुले सम्पर्क ब्यक्ती तेकेर सदस्यको घरदैलोमासेवा दिइरहेको जनाएका छन् । मोबाइल बैंकिङ सेवा एटिएमलगाएतको प्रविधिको प्रयोगमा सहकारीले सदस्यलाई जोडेर र सम्पर्क ब्यक्तीमार्फत सहकारीको सेवाले आम मानिसमा सहकारी प्रतिको धाराणमा सकारात्मक छाप छाडेको पाइन्छ ।
Leave a comment