सहकारी जन्मने, हल्ला गर्ने र हराउने देखिए

सहकारी जन्मने, हल्ला गर्ने र हराउने देखिए :: Sahakari Akhabar

सहकारी अभियान समाजबादको आधारशिला भएको बताएका छन् । उनले भने ‘यसलाई ग्रामिण जनताको जिवनस्तर उकास्नकोलागि समाजबादको आधारशिलाका रुपमा कुनरुपमा पुर्याउन सक्छौ, त्यसले राज्यको दिशा र गती पनि निर्धारण गर्छ ।’ त्यसैले केन्द्र, जिल्ला वा प्रदेशतहमा हुने संस्थाहरुको सबलता मात्रै सहकारी आन्दोलनको मजबुती नभएको बताए ।

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सहकारीहरु एनजिओ जस्तो जन्मने केही दिन हल्ला गर्ने र हराउने भएको बताएका छन् । उनले सहकारी सहरमा मात्र नभएर तल्लोतह सम्म जानु पर्ने भन्दै सहकारीले सदस्यमा ल्याएको आर्थिक सामाजीक र सास्कृतिक परिवर्तनको एकिन तथ्याङ्क ल्याउनुपर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) को आइतबार सम्पन्न ३३ औं स्थापना दिवसका अवसरमा बोल्दै सचिव पाण्डेले सहकारी अभियान समाजबादको आधारशिला भएको बताएका छन् । उनले भने ‘यसलाई ग्रामिण जनताको जिवनस्तर उकास्नकोलागि समाजबादको आधारशिलाका रुपमा कुनरुपमा पुर्याउन सक्छौ, त्यसले राज्यको दिशा र गती पनि निर्धारण गर्छ ।’ त्यसैले केन्द्र, जिल्ला वा प्रदेशतहमा हुने संस्थाहरुको सबलता मात्रै सहकारी आन्दोलनको मजबुती नभएको बताए ।

पव्लिकको जीवनस्तर उकास्ने विषय चाँही सर्वाधिक महत्वको हो । उनले भने, सहकारीका सदस्यको आर्थिक, सामाजीक रुपान्तरण हुनसके, उनीहरुको जीवनमा तात्वीक गती ल्याउनसके सहकारीको गती ठिक छ भन्ने जान्न सकिन्छ । परिवर्तन आउन सकेको छ वा छैन भन्ने विषयको अध्यायन र अनुसन्धान गर्नु जरुरी छ । सहकारी एक हिसावले गैरसरकारी संस्था जस्तै जन्मने प्रवृति छ, जन्मने, हल्ला गर्ने र हराउने प्रवृति छ । अव सहकारीलाई त्यसबाट माथि उठाउनु पर्ने अवस्था छ ।

सहकारीको दिगोपनाकोलागि काम गर्नुपर्ने हुन्छ । उनले आर्थिक गतीबिधि चलायमान गर्न साकोसहरुले ठूलो भूमिका खेलेको बताए । सबै सहकारीको स्वार्थ र गती एउटै नभएको, सहकारीको उद्धेश्य अनुरुप सरिक पनि नभएको बताएका छन् । अनुगमन र नियमनलाई चुस्त र मजबुत बनाउनु पर्ने उनको भनाई छ ।



Leave a comment