कोरोना, सम्पत्ती सुद्धिकरण लगायत अन्य कारण नीति, बिधि, थितीका कारण हुनसक्छ, पछिल्लो समय असाध्यै अस्थिर देखिएको बताएका छन् । उनले भने ‘पछिल्लो समय सहकारीले बचत फिर्ता दिएन भनेर दैनिक दर्जन उजुरी आएका छन् । तपाइ हामीले चासो लिएनौं भने धेरै मानिसको घरबास उठीबास लाग्नेवाला छ ।
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीका विकृतिको ढाकछोप नगर्न नेफ्स्कूनलाई आग्रह गरेका छन् । उनले सहकारी क्षेत्रमा देखिएका गलत कुरालाई ढाकछोप नगरी यसलाई निमिट्यान्न पार्न विभागसंग हातेमालो गर्न आग्रह गरेका हुन्
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) को ३३ औं स्थापना दिवसका अवसरमा बोल्दै रजिष्ट्रार पाण्डेले सहकारी क्षेत्र कोरोना, सम्पत्ती सुद्धिकरण लगायत अन्य कारण नीति, बिधि, थितीका कारण हुनसक्छ, पछिल्लो समय असाध्यै अस्थिर देखिएको बताएका छन् । उनले भने ‘पछिल्लो समय सहकारीले बचत फिर्ता दिएन भनेर दैनिक दर्जन उजुरी आएका छन् । तपाइ हामीले चासो लिएनौं भने धेरै मानिसको घरबास उठीबास लाग्नेवाला छ ।
सदस्यको घरबास उठ्दैगर्दा संचालकहरुको मात्र घरबास जोडिएको राम्रो होइन ।’ नीति बनाउनु ठूलो कुरा नभएर बनेका नीति तथा कार्यक्रमको उपलब्धी हासिल गर्नु ठूलो भएको बताए । उनले भने, संस्थाको कार्ययोजना बनाइरहँदा, चासो र चिन्ता ब्यक्त गरिरहँदा कहिले काँही सदस्य ओझेलमा परिरहेको हुनसक्छ । सहकारीको सबैभन्दा मुख्य पाटो सदस्य भएको र सदस्यले सबै भन्दा बढी सुबिधा कहाँबाट पाउन सक्छन्, सदस्यको हित कसरी अविबृद्धि हुन सक्छ, सहकारीमा लागेको कारणले कुनै ब्यक्तीको जिवनस्तरमा कसरी परिवर्तन आउनसक्छ भन्ने नै सहकारी विभागको प्रमुख चासो रहेको बताए ।
उनले भने विषेशत : संस्था बलियो नभइकन सदस्यहरु जोगिन सक्दैनन् । रजिष्ट्रार पाण्डेले सहकारीका केन्द्रिय संघ महासंघहरुले पनि संस्थाको दिगोपनको चासो र चिन्ता ब्यक्त गरिरहँदा सदस्यहरु अन्यायमा परेका हुनसक्ने भन्दै यी कुरामा चिन्ता लिनकालागि केन्द्रीय संघहरुलाई अनुरोध गरे ।
Leave a comment