कानून कार्यान्वयनमा अभियान कमजोरः मन्त्री अर्याल

कानून कार्यान्वयनमा अभियान कमजोरः मन्त्री अर्याल :: Sahakari Akhabar

सहकारी बचतमा मात्र सिमित भएकोले उत्पादन क्षेत्रमा लगानी बढाउन विशिष्टिकृत संघ बनाएको भएपनि यसको प्रयोग नगरेको उनको भनाई छ । स्थीरिकरण कोष शुभारम्भको विषयमा संरचना बनाएर संस्था दर्ता गरेर मात्र गरौला भन्दै मन्त्री अर्यालले भनिन् ‘पछि गरौला, कानुनमा ब्यवस्था भए बमोजिम अगाडी बढ्छौं, पूर्ण भएर गरौं भन्ने हो ।’ उनले छाता संगठनहरुले सहकारी शोषण हैन सहकार्य हो भन्ने जागरण पर्ने बताइन् ।

काठमाडौ । भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले कानून कार्यान्वयनमा सहकारी अभियान कमजोर रहेको बताएकी छन् । सहकारी कानुन सदस्यको हितकोलागि र सदस्यको समृद्धिकोलागि निर्माण हुने भए पनि कार्यान्वयनमा कमजोर रहेको उनको भनाई छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) को ३३ औं स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री अर्यालले कानून, मन्त्रालय र विभागकालागि मात्र नभएर सहकारीहरुको विकास गर्न, क्षमता बढाउन, सुशासन कायम गर्न सदस्यको हितको निम्ती बनाएको बताइन् ।

सहकारी कानून कार्यान्यनमा समस्या देखिएको भन्दै उनले कानून कार्यान्वयनको विकल्प नभएको पनि बताइन् । उनले भनिन ‘कोपोमिस प्रणालीमा उत्साहका साथ सहकारीहरु आवद्ध हुने राज्यले अपेक्षा गरेको थियो तर त्यस्तो भएन ।’ कानून कार्यान्वयनमा अभियान कमजोर बनेको छ । उनले कानून कार्यान्वयनकालागि धेरै विषयका नीति, कार्यबिधि बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।

उनले भनिन् ‘संयुक्त रुपमा सहकारी अनुगमनको थालनी गरेको छौं, साधारण सभा संचालन कार्यविधि निर्माण गर्ने काम अघी बढेको छ, अन्तर सहकारी कारोबार निर्देशिका तयार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।’ सहकारीलाई ब्यवस्थित बनाउने राज्यको सोचमा, सहकारीले साथ नदिएको भन्दै मन्त्री अर्यालले भनिन् ‘कोपोमिस प्रणालीमा सहकारीहरुले साथ दिएनन्, अझै ब्यवस्थित गर्न कार्ययोजनाकासाथ अघी बढेका छौं ।

सहकारीलाई डिजिटाइज गरेर अघि बढ्नु पर्ने भएको छ । कानूनको कार्यान्वयन गर्न, लागू गर्न केन्द्रीयस्तरका संघहरुको र छाता संगठन महासंघले खेलेको भूमिकाको पनि समिक्षा गर्ने समय आएको छ ।’त्यसैगरी मन्त्री अर्यालले सहकारीले ल्याएको कार्यक्रमहरुले सदस्यको हित गर्न सक्नु पर्ने बताइन् । सरकारले सदस्य हितकालागि  सहकारीमा कोषको ब्यवस्था गरेपनि कार्यान्वयन नगरेको बताइन् । उनले भनिन बजार केन्द्रीत सहकारीमा समस्या छ, सहकारी नाफामूखी बढी, सेवामुखी कम भए ।

उनले सहकारी टाठा बाठा, संस्थाको पैशा आफ्नो हिसावले प्रयोग गर्नसक्ने, र हैसियत भएका मानिसकालागि मात्र भएको गुनासो गरिन् । उनले सहकारीको ब्याज सबैभन्दा कम हुनु पर्ने हो आज सबैभन्दा बेसी भएकोले यसलाई अभियानले नजरअन्दाज गर्न नमिल्ने बताइन्, । बजारबाट सन्दर्भ ब्याजको विषयमा थप पुनर्विचार गरिनुपर्छ भनेर आवाज आएको हुनाले यसलाई सम्बोधन गर्नु पर्ने उनको बिचार छ । उनले सदस्य र विपन्न वर्गको हितलाई ध्यानमा राखेर सहकारीले काम गर्नु पर्ने बताइन् । सहकारी झुपडीमा बस्नेहरुकोलागि भएको भन्दै कर्जा प्रयोग गर्नसक्नेहरुलाई हेरेर सहकारीले काम गर्नुपर्ने बताइन् ।

उनले सहकारी बचतमा मात्र सिमित भएकोले उत्पादन क्षेत्रमा लगानी बढाउन विशिष्टिकृत संघ बनाएको भएपनि यसको प्रयोग नगरेको उनको भनाई छ । स्थीरिकरण कोष शुभारम्भको विषयमा संरचना बनाएर संस्था दर्ता गरेर मात्र गरौला भन्दै मन्त्री अर्यालले भनिन् ‘पछि गरौला, कानुनमा ब्यवस्था भए बमोजिम अगाडी बढ्छौं, पूर्ण भएर गरौं भन्ने हो ।’ उनले छाता संगठनहरुले सहकारी शोषण हैन सहकार्य हो भन्ने जागरण पर्ने बताइन् ।

जनताको विश्वास जित्ने काम गर्न सहकारीलाई मन्त्री अर्यालले  निर्देशन् दिएकी छन् । त्यसैगरी सहकारीलाई उत्पादनमा लान संस्थागत पूँजी पाँच प्रतिशत भन्दा बढी हुने संस्थाले पूँजीको पचास प्रतिशत अनिवार्य रुपमा ब्यवसायमा लागनी गर्न पाउने ब्यवस्था मिलाउने बताइन । उनले सबैलाई यसकालागि छिटै छलफलकालागि बस्न आग्रह गरेकी छन् । 



Leave a comment