काठमाडौं । नेपाली काग्रेसले वित्तिय तथा सहकारी विभाग गठन गरेको छ । आनन्दप्रसाद ढुङ्गाना धनुषा संयोजक रहेको विभागमा गोबिन्दबहादुर मल्ल सुर्खेत, सहसंयोजक रहेका छन् । त्यसैगरी सुरेन्द्र भण्डारी गोरखा, सचिव रहेको विभागमा वित्तिय तथा सहकारी क्षेत्रका ४१ जना मनोनीत भएका छन् ।
त्यसैगरी सदस्यमा काठमाडौबाट, सिताराम काफ्ले, राममान सिंह महर्जन, रमेश डंगोल, उर्मिला डंगोल र पुष्पबहादुर पौडेल मनोनीत भएका छन । स्याङ्गजाबाट भरतराज ढकाल, श्याम बस्याल र केशबराज लम्साल सदस्यमा मनोनित भएका हुन् । त्यसैगरी डा. ज्ञानेन्द्रप्रसाद पौडेल र कृष्णशंकर श्रेष्ठ बाग्लुङ्गबाट मनोनीत छन् भने चन्द्रकुमारी खड्का, दुर्गा सापकोटा झापाबाट साथै जिवनकुमार राई ओखलढुङ्गाबाट मनोनीत भएका छन् ।
भोजबहादुर बम कैलाली, दिनेश चुके र शोभा अर्याल चितवन, चन्द्रप्रसाद ढकाल परासी, डिल्ली तिवारी कास्कीबाट मनोनीत भएका छन् । त्यसैगरी गिरीजाप्रसाद यादव र सुरेन्द्र बस्नेत मोरङ्ग, हेमन्तकुमार राई भोजपुर, उपेन्द्र जयसवाल बारा, रामबाबु यादव धनुषा, रामहरी न्यौपाने सर्लाही, मिठाराम दाहाल मकवानपुर, रेशम गिरी सिन्धुपाल्चोक, दिप छन्त्याल म्याग्दीबाट मनोनीत भएका हुन् ।
त्यसैगरी शम्भु घिमिरे रामेछाप, राजेश आचार्य कपिलबस्तु, सुशिला चौधरी दाङ, देबबहादुर केसी बाँके, बखत कटुवाल दैलेख, हर्कसिंह खत्री रुकुम, नरेन्दबहादुर सिंह डोटी, प्रेम धामी बझाङ, राजु भट्ट जोशी डडेल्धुरा, कृष्ण पाठक कञ्चनपुर र फूर्वा लामा काभ्रेबाट मनोनयन भएका हुन् । नेपाली काग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा २५ बमोजिम उनलाई नियुक्ति गरेको हो ।
Leave a comment