काठमाडौं । शिक्षा विशिष्टिकृत सहकारी संघ गठन हुने भएको छ । बागमती प्रदेशस्तरिय सहकारीकर्मीहरुले सहकारी मार्फत शिक्षाको विकासकालागि विशिष्टिकृत सहकारी संघ गठन गर्न लागेका हुन् । संघको तदर्थ समिति समेत बनीसकेको र प्रथम चरणको छलफलमा ४० वटा संस्थाहरु सहभागी भएको संघका संयोजक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।
उनले ‘नेपाल शिक्षा विशिष्टीकृत सहकारी संघ लिमिटेड’ स्थापनाकालागि विनियम बनीसकेको जानकारी दिए । संघमा बागमती प्रदेश भरिका सहकारी संघ संस्थाहरु र सहकारी संग सम्वन्धित व्यवसाय गर्ने संघ संस्थाहरु सदस्य हुन सक्ने बताए ।
संघ मार्फत पूर्व प्राथमिक तह देखि उच्च माध्यामिक तहसम्म, विश्वविद्यालय, चिकित्सा, नर्सिङ्ग शिक्षा, इन्जीनियरिङ्ग, भेटेनरी, कृषि, बन, पशुपंक्षि पालन, होटल मेनेजमेन्ट, कम्प्युटर, गणित, विज्ञान कानून, पूर्वीय वाङ्मय तथा दर्शनको खोज अनुसन्धान लगायतका शिक्षाको क्षेत्रमा काम गर्ने बताए ।
साथै प्राविधिक शिक्षा, सिटिभिटिलगायतका विभिन्न यूनिभर्सिटीहरुबाट उपलव्ध हुने शिक्षा कक्षाहरु, प्रेश, प्रकाशन गृह सहकारी संचार, पत्रपत्रिका, रेडियो, टिभि संचालन, देश तथा विदेशका विश्व विद्यालय कलेजसंग अनुवन्ध, सम्वन्धन आदि लिएर शिक्षा क्षेत्रको अनुसन्धान गर्ने लगायतको शिक्षासंग सम्वन्धीत व्यवसाय गर्नकालागि विशिष्टीकृत सहकारी संघको गठन गरिएको संयोजक घिमिरेको भनाई छ ।
Leave a comment