काठमाडौं । राष्ट्रिय सहकारी बैंकको पोखरा र दमौली शाखाको समिक्षा बैठक सम्पन्न भएको छ । पोखरा शाखाले आर्थिक वर्ष २०७६/०७७ मा ४ करोड ३५ लाख ३ हजार ७ सय ११ रुपैया मुनाफा आर्जन गरेको छ ।
शाखा प्रमुख सन्तोष घिमिरेले शाखामा गत आर्थिक वर्षको अन्त्यसम्म ३ सय २५ वटा संस्था शेयर सदस्य रहेका छन् । सदस्य संस्थाहरुको १३ करोड ८९ लाख ६ हजार शेयर रकम, २ अर्ब ३१ करोड ९१ लाख ३ हजार ४ सय ५१ निक्षेप र ९५ करोड ७८ लाख ९९ हजार ३ सय २२ रुपैया कर्जा लगानी रहेको शाखा प्रमुख घिमिरेले जानकारी दिए ।
देशभरका शाखा मध्ये पोखरा शाखा छैठौ स्थानमा रहेको छ । बैंकको ललितपुरस्थित लगनखेल शाखाले सबै भन्दा बढी १४ करोड ९५ लाख ५१ हजार मुनाफा कमाएको छ । काठमाडौंको न्यूरोड शाखाले ९ करोड ६७ लाख ६९ हजार, नयाँ बानेश्वर शाखाले ७ करोड ४० लाख ८ हजार, गोगंवु शाखाले ६ करोड ३६ लाख ५ हजार र ललितपुरको कुपण्डोलस्थित मुख्य शाखा कार्यालयले ५ करोड ३७ लाख ५८ हजार मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।
त्यसैगरी दमौली शाखा तनहुँको वार्षिक समिक्षा वैठक बिहीवार सम्पन्न भएको छ । समिक्षा वैठकका सहभागीहरुले कोरोना संक्रमणका कारण सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा राज्य र सहकारी अभियानको स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताए । कार्यक्रममा दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले शाखाको आर्थिक वर्षको अन्त्यसम्म ६७ करोड ६७ लाख निक्षेप संकलन र १३ करोड ७३ लाख कर्जा लगानी रहेको जानकारी दिए । शाखाको गत आर्थिक वर्षको कारोबारमा कर्जा जोखिम व्यवस्थापनका कारण मुनाफा गर्न नसकिएको उनले जानकारी दिए ।
Leave a comment