काठमाडौं । संघिय संरचना अनुसार तीनै तहमा सहकारीको परिषद् गठन हुने भएको छ । स्थानीय तह, प्रदेश र संघमा समन्वयको लागि संरचनागत व्यवस्था गर्ने परिषद् गठन हुने भएको हो । राष्ट्रिय सहकारी विकास बोर्डले संशोधन गर्न लागेको राष्ट्रिय सहकारी नीति, २०६९ को मस्यौदामा तीनै तहमा सहकारी परिषद् गठनको प्रस्ताव गरिएको छ ।
मस्यौदामा प्रदेशका सरोकारवाला निकायहरु, संघका सरोकारवाला निकायहरुको प्रतिनिधित्व रहने गरी सहकारी मन्त्रालयका मन्त्रीको संयोजकत्वमा केन्द्रीय सहकारी समन्वय परिषदको गठन गरिने भनिएको छ । त्यसैगरी स्थानीय तह र प्रदेशका सरोकारवाला निकायहरूको प्रतिनिधित्व रहनेगरी प्रदेश सहकारी समन्वय परिषद्को गठन गरिने, जसमा प्रदेश सहकारी मन्त्रालयको मन्त्रीको संयोजकत्व रहने उल्लेख छ । त्यसैगरी स्थानीय निकायहरूका प्रमुखको संयोजकत्वमा स्थानीय सहकारी समन्वय समिति रहने व्यवस्था गरिने मस्यौदामा प्रस्ताव गरिएको छ ।
Leave a comment