मन्थली साकोस र लायन्स क्लवद्धारा चार लाखको संयुक्त छात्रवृत्ति अक्षयकोष स्थापना

मन्थली साकोस र लायन्स क्लवद्धारा चार लाखको संयुक्त छात्रवृत्ति अक्षयकोष स्थापना :: Sahakari Akhabar

काठमाडौं । मन्थली बचत तथा ऋण सहकारी संस्था रामेछाप र लायन्स क्लवले संयुक्त रुपमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । श्रावण १५ गते अक्षयकोष स्थापना सम्वन्धि सम्झौता पत्रमा लायन्स क्लव अफ काठमाडौ क्यापिटल र मन्थली साकोसबीच हस्ताक्षर भएको हो ।

लायन्स क्लव अफ काठमाडौ क्यापिटल क्लवले एक लाख तथा मन्थली साकोसले तीन लाख ३६ हजार गरी जम्मा चार लाख ३६ हजारको अक्षय कोष स्थापना गरिएको छ । अक्षय कोष मन्थली साकोसमा रहने र कोषको व्याज आम्दानीबाट रामेछाप जिल्लामा असहाय र जेहेन्दार विद्यार्थीहरुलाई निर्धारित प्रक्रिया बमोजिम शैक्षिक छात्रवृत्ति उपलब्ध गराइने संस्थाले जनाएको छ ।

सम्झौता पत्रमा मन्थली साकोसको तर्फबाट सल्लाहकार सुरेश श्रेष्ठ तथा लायन्स क्लव अफ काठमाडौ क्यापिटल क्लवलकी अध्यक्ष लायन प्रमिला गोयलले हस्ताक्षर गरेका छन् ।



Leave a comment