काठमाडौं । सहकारी विषयलाई अनिवार्य रुपमा लोकसेवाको पाठ्यक्रममा समावेश गरिने भएको छ । निजामती कर्मचारीहरूलाई समेत सहकारी पद्धति वारे जानकारी गराउन लोकसेवा आयोगका हरेक श्रेणी र तहको पाठ्यक्रममा सहकारी विषय समावेश गरिने भएको हो ।
निजामति सेवाको अधिकृतस्तरको कर्मचारीहरूको लागि आयोजना गरिने आधारभूत तालिमको पाठ्यक्रममा पनि सहकारी विषय समावेश गरिने भएको हो । राष्ट्रिय सहकारी विकास बोर्डले संशोधन गर्न लागेको राष्ट्रिय सहकारी नीति, २०६९ को मस्यौदामा लोकसेवा आयोगको पाठ्यक्रममा सहकारीको विषय समावेश गर्ने उल्लेख छ ।
त्यसैगरी निजामति सेवा अधिकृत कर्मचारीहरूको आधारभूत तालीममा सहकारी विषयको पाठ्यक्रम समावेश गर्ने प्रस्ताव राखिएको छ । साथै स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा सहकारी शिक्षा समावेश गर्ने, माध्यमिक तह र व्यावसायीक शिक्षामा सहकारीको पाठ्यक्रम समावेश गर्ने प्रस्ताव गरिएको छ ।
Leave a comment