चितवन । जिल्लाको श्री त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हिले दौड प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाले धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ १७ औ राष्ट्रीय धान दिवसको अवसरमा अन्तर समूह रोपाई तथा हिले दौड प्रतियोगिता सम्पन्न गरेको छ । उक्त अवसरमा धान रोपाई दहि चिउरा खाने कार्यक्रम आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद भूर्तेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष यमलाल कंडेल, कृषि विकास अधिकृत बिनोद लामिछाने, कुन्ता शर्मालगायत संस्थाका सल्लाहकार संयोजक महेन्द्रप्रसाद पौडेल, रत्नकुमारी तिवारी, सुनिता बिक, भोलानाथ सापकोटालगाएतको उपस्थिति रहेको थियो ।
अन्तर समूह रोपाई प्रतियोगितामा शान्ति महिला बिकास समिति, भरतपुर प्रथम, बिशाल आमा समूह, भरतपुर दितिय, ज्योति रमाइलो सास्कृतिक आमा समूह, भरतपुर तृतीय र लोकशान्ति महिला समूह, जय दुर्गा आमा समूह, दुर्गा आमा समूह, दीपशिखा न्यूरोड आमा समूह सान्त्वना भएका थिए । त्यसैगरी हिले दौड प्रतियोगिता अन्तर्गत सोमु बिक प्रथम, शुशिला पराजुली द्धितिय र देवकला अधिकारी तृतीय भएका थिए । बिजयी सम्पुर्णलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम संस्थाकी उपाध्यक्ष जानका पराजुलीले स्वागत मन्तव्य र कोपिला दुराको संयोजकत्वमा सचिव बिष्णु कुमारी रिजाले संचालन गरेकी थिइन् ।

Leave a comment