काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा गर्न सवै सहकारी संघसंस्थाहरुलाई निर्देशन गरेको छ ।
मन्त्रालयले सूचना प्रकाशन गरी साउन १४ गते भित्र सवै सहकारी संघसंस्थाले कोषमा रकम जम्मा गरिसक्न निर्देशन जारी गरेको हो । असार १५ गतेको मन्त्रालयको सूचना अनुसार सहकारीहरुले एक महिना भित्र कोषमा रकम जम्मा गरिसक्नुपर्ने छ ।
सूचना अनुसार सहकारी ऐन ०७४ को दफा ७० को उपदफा २ बमोजिम सहकारी संघसंस्थाहरुले कोषमा रकम जम्मा गनुपर्ने बताईएको छ । सहकारी ऐन ०७४ ले सहकारी संघसंस्थामा सहकारी प्रवद्र्धन कोष रहनुपर्ने ब्यवस्था गरेको छ ।
आर्थिक वर्षको खुद बचत रकमको कम्तिमा २५ प्रतिशत जगेडा कोषमा छुट्याउनु पर्ने र कोषबाट शुन्य दशमलब ५ प्रतिशत सहकारी प्रवद्र्धन कोषमा ब्यवस्था गर्नु पर्ने छ भने कोष सहकारी मन्त्रालयमा रहने ब्यवस्था ऐनमा गरिएको छ ।
Leave a comment