काभ्रे । पनौतीमा रहेको जनईच्छा कृषि सहकारीले कृषकलाई ट्रयाक्टर बितरण गरेको छ । संस्थाले बाग्मती प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा सदस्य कृषकहरुलाई ट्रयाक्टर बितरण गरेको हो ।
संस्थाले मिनी टेलर ३ वटा र पावर टेलर एउटा बितरण गरेको संस्थाका अध्यक्ष बिजय सापकोटाले जानकारी दिए । उनले कृषि विकास निर्देशनालय, कृषि ज्ञानकेन्द्र धुलिखेलमार्फत बितरण गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया