हाइलाइट

सहकारीले सेवा नदिएको गुनासो आएपछि विभागले जारी गर्यो परिपत्र

सहकारीले सेवा नदिएको गुनासो आएपछि विभागले जारी गर्यो परिपत्र :: Sahakari Akhabar

काठमाडौं । सहकारी संघ संस्थाहरुलाई दुई सिफ्ट गरेर भएपनि निरन्तर सेवा दिन सहकारी विभागले परिपत्र जारी गरेको छ । सहकारी संघ संस्थाबाट प्रवाह गरिने सवै प्रकारका सेवाहरु संचालन गर्न भन्दै विभागले परिपत्र जारी गरेको हो ।

सरकारले असार १ गतेबाट लकडाउनलाई केही खुकुलो गरेको र सम्पूर्ण बैंक, सहकारी, बिमा वित्तिय संस्थालगायतलाई सेवा संचालन गर्न भने पनि केही सहकारीहरु बन्द रहेको र सेवा दिन पनि आनाकानी गरेकोले विभागले परिपत्र जारी गरेको बताएको छ ।

कोरोनाको कारण देखाई कतिपय संस्थाहरुले अझैपनि सेवा नदिएको, दिन आनाकानी गरेको र सेवालाई नियमित नगरेको लिखित तथा मौखिक उजुरी आएकोले परिपत्र जारी गरेको विभागले जनाएको छ । विभागले आफू र सदस्यको स्वस्थ्यलाई ध्यानमा राखेर, सकेसम्म विद्युतिय माध्याम प्रयोग गरी सेवा निरन्तर दिन सहकारी संघ संस्थालाई भनेको छ । 
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000