हाइलाइट

काठमाडौं महानगरपालिकाले ‘सम्बृद्धिका लागि सहकारी’अभियान संचालन गर्ने

काठमाडौं महानगरपालिकाले ‘सम्बृद्धिका लागि सहकारी’अभियान संचालन गर्ने :: Sahakari Akhabar

काठमाडौं  । काठमाडौं महानगरपालिकाले ’मेड इन काठमाडौं’ र संबृद्धिका लागि सहकारी अभियान संचालन गर्ने भएको छ । विहिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्षको लागि महानगरपालिका परिषद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सकेसम्म काठमाडौं महानगरबासीले यही नै उत्पादन भएका सामग्रीहरुको प्रयोग गर्नुपर्ने बताए । 

नीति तथा कार्यक्रममा महानगर क्षेत्र भित्रका विभिन्न स्थानहरुमा नेपाली वस्तुहरुको बजार, कोसेलीघर वा यस्तै प्रकृतिका अन्य बजार विस्तार गर्ने, मरुटोलमा रहेको सिंहसत्तललाई गैरसरकारी संस्थासँगको सहकार्यमा निर्यात प्रवद्र्धन केन्द्रको रुपमा विकास गर्ने, ‘युवाहरुको नवीन सोच तथा प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राखी काठमाडौं हब स्थापना गरिने नीति लिइने जनाइएको छ । 
त्यस्तैगरी महानगरपालिकाले समृद्धिका लागि सहकारी अभियान पनि सन्चालन गर्ने जनाएको छ । महानगरपालिकाले सो अभियानलाई सफल पार्न साना तथा मझौला व्यबसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति लिएको छ ।

अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरुलाई सहकारीमा आवद्ध गराउन विशेष कार्यक्रमको ब्यबस्था गरिने, विभिन्न उपभोक्ता, श्रमीक, उत्पादनमुलक सहकारी संस्थाहरुको प्रबद्र्धनमा महानगरपालिकाले जोड दिने जनाएको छ । त्यस्तैगरी महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अप्ठ्यारोमा परेका करदातालाई काठमाडौं महानगरपालिकाले छुट सहुलियत दिने बताएको छ । कोरोनाका कारण व्यापार व्यवासायीहरु समस्यामा परेकोले उनीहरुलाई छुट सुविधा दिनुपर्ने महानगरपालिकाको ठम्याइ रहेको छ ।

उनले करमैत्री प्रशासन बनाउने, महानगरभित्रका करदाताको तथ्यांक अद्यावधिक गर्ने, कर तथा गैरकर राजस्व अनुगमनलाई नियमित गर्न विशेष टोली गठन गरी परिचालन गरिने जानकारी दिए । 
‘महानगरपालिकाको आन्तरिक स्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा लेखिएको छ, । 



Leave a comment