काठमाडौं । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगर भित्रका २ लाख जनसंख्यालाई सहकारीसँग जोड्दै लाने बताएका छन् । उनले नागरिकलाई सहकारीसंग जोड्दै समुन्नत बनाउन उत्पादन र रोजगारीका कार्यक्रम ल्याउनु पर्ने बताए । जिल्ला सहकारी संघ काठमाडौंले आयोजना गरेको तरलता ब्यबस्थापनका लागि स्थानिय सरकारको भूमिका बिषयक अन्तक्रियामा बोल्दै प्रमुख गिरीले नगरपालिकाले बीऊ पुँजीको ब्यबस्था गर्दै सहकारी मार्फत उत्पादन र रोजगार सिर्जना गर्न तथा ब्यवसाय प्रबर्दन गर्न जिल्ला संघले समन्वयको भूमिका खेल्नुपर्ने बताए ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तमाङले कार्यक्रमको जानकारी गराउँदै सहकारी संचालनमा स्थानिय सरकारको महत्वपूर्ण भूमिका रहने बताए । उनले स्थानिय सरकारको निति तथा कार्यक्रम र बजेटमा सहकारी क्षेत्रलाई उल्लेख्य रुपमा सम्बोधन गर्न आग्रह गरे ।
जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापाले तरलता ब्यबस्थापनमा जिल्ला संघको भूमिका प्रशंसनिय रहेको बताए । कास्कूनका अध्यक्ष दिपक पनेरुले छलफलका कार्यक्रमहरु निरन्तररुपमा गरी सदस्य संघ सस्थामा सकारात्मक संदेश दिनुपर्ने बताए । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले कार्यपत्र प्रस्तुत गर्दै बर्तमान अवस्थामा सहकारीमा तरलता ब्यबस्थापन नै महत्वपूर्ण विषय रहेको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका उपाध्यक्ष खेम सुबेदी, सचिव बालकुमार बास्तोला साथै संचालक एबम चन्द्रागिरी नगर समंन्वय उपसमितीका सहजकर्ता रमेश बिडारी र चन्द्रागिरी सहकारी समन्वय उपसमितीका सम्योजक केशबराज पौडेल साथै जिल्ला संघका ब्यबस्थापक राजकुमार गिरी लगायत चन्द्रागिरी नगर भित्रका १०१ जना सहकारीकर्मीको प्रत्यक्ष सहभागीता रहेको थियो।
भर्चुअल कार्यक्रम जिल्ला सहकारी संघका नगर उपसमिती सम्योजक लेमन श्रेष्ठले सन्चालन गरेका थिए । कार्यक्रम राष्ट्रिय सहकारी बैंकको प्राबिधिक सहयोग र चन्द्रागिरी नगर सहकारी समन्वय समितिको समन्वयमा भएको थियो ।
Leave a comment