काठमाडौं । बैंक तथा वित्तीय संस्था, सहकारीका कर्मचारीले लकडाउनको समयमा २ सिफ्टमा काम गर्नु पर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले लकडाउन अवधिमा बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्थाहरु, सार्वजनिक, शैक्षिक संस्थाका कार्यालय तथा सरकारी कर्मचारीले दुई सिफ्टमा सेवा दिनुपर्ने निर्णय भएको बताए ।
जसमा कर्मचारीलाई व्यवस्थापन कमिटिले बिहान ८ बजेदेखि १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्मको दुई सिफ्टमा काम लगाउनुु पर्ने निर्णय भएको जानकारी गराए । उनले चालु आर्थिक वर्ष सकिनै लागेकाले कर्मचारीले दुई सिफ्टमा काम गर्नुपर्ने बताए । यस अघि बैंक तथा वित्तीय संस्था लगायतले बिहान ११ बजेबाट २ बजेसम्म मात्र सेवा दिँदै आएका थिए । वित्तीय सेवा अत्यावश्यक सेवा अन्तर्गत रहेको हुँदा यसलाई पुर्णकालिन रुपमा सेवा दिने निर्णय गरिएको मन्त्री खतिवडाले उल्लेख गरे ।
Leave a comment