ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य संघ/संस्थालाई दिने र लिने दुवैमा २ प्रतिशत ब्याज घटाउने भएको छ । बैंकले आगामी आर्थिक वर्ष ०७७/०७८ देखि लागु हुनेगरी बचत तथा लगानी दुवैमा दुई प्रतिशत ब्याज घटाउने जनाएको हो । बैंकको हालै सम्पन्न संचालक समितिको वैठकले गरेको निणर्य अनुसार लकडाउनका कारण परेको समस्यालाई मध्यनजर गरी जेठ मसान्तसम्म ब्याजमा १० प्रतिशत छुट दिने पनि निणर्य गरेको छ ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत सिंए बद्रीकुमार गुरागाईलाई आगामी चार वर्षका लागि कार्यकारी अधिकृत पदको म्याद थप गर्ने निणर्य गरेको थियो । बैठकमा प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारी बैंकको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार बैकमा १२ हजार सदस्य रहेका छन् भने २ अर्ब ६ करोड शेयर पूँजी तथा ३० अर्ब ९६ करोड निक्षेप रहेको छ । बैंकले २२ अर्ब ५० करोड कर्जा लगानी गरी ४२ करोड नाफा गरेको जानकारी दिएका थिए ।
Leave a comment