ललितपुर । लकडाउनको समयमा प्रदेश पाँचमा सहकारीमार्फत ३४ वटा कृषि एम्बुलेन्स संचालन गरी सहकारीको उत्पादन बजारमा पुर्याइएको छ । प्रदेश ५ का १२ जिल्लामा सहकारीहरुले ३४ वटा कृषि एम्बुलेन्स संचालन गरी कृषि तथा दुग्ध उत्पादन विक्री वितरण गरिएको जनाइएको छ ।
राष्ट्रिय सहकारी महासंघले जेठ २७ गते प्रदेश पाँचमा रहेका जिल्ला सहकारी संघहरुसँग कारोनाको असर र भावी नीति तथा कार्यक्रमका विषयमा भर्चुअल छलफल गरेको थियो । छलफलमा सहभागीहरुले सहकारी संघ÷संस्थाले किसानको उत्पादनलाई बजारसम्म पुर्याउनकालागि कृषि एम्बुलेन्सहरु संचालन गरेको जानकारी गराइएका थिए ।
उनीहरुले बन्दाबन्दीमा पनि किसानको उत्पादन खेतबारीमा कुहिने अवस्थाको अन्त्य गर्न सफल भएको बताए । प्रदेश ५ का १२ जिल्लामा चार उपमहानगरपालिका, २२ नगरपालिका र ८३ गाउँपालिका गरी १०९ पालिकाहरुमा सहकारीहरुले ३४ वटा कृषि एम्बुलेन्स संचालन गरी कृषि उत्पादन तथा दुग्ध उत्पादन विक्रि वितरण गरिएको थियो । साथै तरकारीलाई ग्रेडिङ गरेर प्याकेजिङ गरिएको र सहज तथा सुलभ मुल्यमा विक्री गरिएको सहभागीहरुले बताए ।
कोरोना भाइरसको संक्रमण रोकथाम, उपचार तथा नियन्त्रणका लागि पनि प्रदेश पाँचका सहकारी संघ÷संस्थाले स्थानीय तह तथा प्रदेश सरकारलाई आर्थिक सहयोग समेत गरेका बताए । स्थानीय तथा प्रदेश सरकारले संचालन गरेका क्वारेन्टाइनमा समेत खाद्यान्न उपलब्ध गराउन सहकारीले भूमिका खेलेका सहभागीहरुको भनाई छ ।
प्रदेश पाँचका सहकारीहरुले विशिष्टकृत कृषि व्यापार सहकारी संघ स्थापना गरेर सहकारी–सहकारीबीचको व्यवसाय संचालन गर्ने समेत योजना बनाएको बताए । बर्दघाटदेखि कर्णालीसम्म सहकारीमार्फत ६ वटा रिफ्रेस सेन्टर स्थापना गर्ने र त्यहाँ सहकारीका उत्पादन विक्री गर्ने, कोसेली घरहरु राख्ने र पर्यटन क्षेत्रको प्रवद्र्धनमा समेत भूमिका खेल्ने गरी योजना तर्जुमा भइरहको जानकारी दिए
त्यसैगरी विशिष्टकृत संघमार्फत नै राइस मिल, तेल मिल संचालन गर्ने, अटो रिक्सा श्रमिकहरुको सहकारी संस्था गठन गर्ने विषयमा समेत प्रदेश पाँचका सहकारी अभियान्ताले कार्य गरिरहेको जानकारी गराए । संघसंस्थाको प्रवद्र्धनमा महासंघले भूमिका खेल्नुपर्ने विषयमा समेत सहभागीहरुले सुझाव दिएका थिए । महासंघका अध्यक्ष मिनराज कँडेलले प्रदेश पाँचका सहकारी संघ÷संस्थाले महत्वपूर्ण योगदान गरेर सहकारी अभियानको शक्तिको पहिचान गराउन सफल भएको बताए ।
Leave a comment