काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) ले ५ करोडको तरलता कोष स्थापना गरेको छ । संघले कारोना भाइरस ( कोभिड १९) प्रभावका कारण सदस्य संस्थाहरुमा पर्नसक्ने तरलताको समस्यालाई समाधान गर्नकालागि तरलता कोष स्थापना गरिएको जनाएको छ ।
साथै संघले सदस्य संस्थाहरुले लिएको कर्जाको ब्याज तथा हर्जनामा विषेश छुट दिने निणर्य गरेको जनाएको छ । लकडाउन अन्त्य भएको ७ दिन भित्र ब्याज बुझाएमा १० प्रतिशत ब्याजमा छुट दिने निणर्य गरेको छ भने लकडाउनको समयाबधीको हर्जना छुट दिने जनाएको छ ।
Leave a comment