हाइलाइट

अन्तर्राष्ट्रिय सहकारी महासंघको सवै बैठक भच्र्युअल हुने

अन्तर्राष्ट्रिय सहकारी महासंघको सवै बैठक भच्र्युअल हुने :: Sahakari Akhabar

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ ( आइसिए) को सन् २०२० का सवै बैठक भच्र्युअल हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण २०२० मा बस्ने सबै बैठक अनलाइनमार्फत मात्र हुने निर्णय गरेको आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले बताइन् ।

मे २५ र २६ मा बसेको ग्लोबल बोर्ड बैठकमा नेपालबाट राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहभागिता जनाउदै बैठकले गरेका निणर्यको बारेमा जानकारी दिइन् । उनले आइसीएको बोर्ड बैठक प्रत्येक तीन÷तीन महिनामा बस्ने गरेको र अवदेखि प्रत्येक महिना बस्ने निणर्य भएको जानकारी दिइन् ।

बैठकले कोभिड १९ को जटिल परिस्थिति र सन् २०२१ को १ र २ मार्चमा दक्षिण कोरियाको सियोलमा हुने कंग्रेसको तयारीलाई मध्यनजर गरेर डाइरेक्टर जर्नरललाई नयाँ सम्झौता गरेर जिम्मेवारी दिन प्रेसिडेन्टर कमिटीलाई जिम्मेवारी दिएको र मानव संशासधन समितिका अध्यक्षलाई लागि सशक्त बनाउने निर्णय भएको जानकारी दिइन् ।

बैठकले कोभिड १९ का कारण ३३ औं विश्व सहकारी महासम्मेलनका लागि २४ लाख ५८ हजार ८ सय ७८ युरो खर्च हुने गरी वित्तिय प्रतिवेदन समेत पास गरेको र अति आवश्यक बाहेका कार्यक्रम रद्द गरि कोरियाको सहकारीले करिब ४२ प्रतिशत रकम (१० लाख ४१ हजार २ सय ६०युरो) व्यहोर्ने निणर्य भएको जानकारी दिइन । यस अघि ३३ औं विश्व सहकारी महासम्मेलन २०२० को डिसेम्बरमा गर्ने तालिका थियो ।

कोभिड १९ को विश्वव्यापी महामारीका कारण कंग्रेसको नयाँ मिति तय गरिएको हो । कंग्रेसकै पुर्वसन्ध्यामा २०२१ को फ्रेबेओरी २६ देखि २८ तारिकका बिचमा आईसीए कोअपरेटिभ रिसर्च कन्फ्रेन्स र इन्टरनेशनल कोअपरेटिभी ल फोरम हुने भएको र हाम्रो सहकारीको पहिचानलाई मजबुद बनाउँ भन्ने नाराका साथ विश्व सहकारी कंग्रेस हुन लागेको मल्लले बताइन् ।
 



Leave a comment