ललितपुर । पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहेउद्देश्यीय सहकारीले सदस्यहरुले लिएको ऋणको ब्याजमा छुट दिने जनाएको छ । संस्थाले सूचना प्रकाशन गरी विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कारण सम्पूर्ण व्यापार, व्यवसायमा परेको असरलाई मध्यनजर गरी संस्थाबाट ऋण लिएका सदस्यहरूलाई २०७७ आषाढ मसान्तसम्मको तिर्नुपर्ने ब्याजका आधारमा छुट दिने दिने निणर्य भएको जनाएको छ ।
संस्थाले सूचनामा भुक्तानी गर्न बाँकी ब्याज रकममा ५० प्रतिशत भन्दा बढी ब्याज चुक्ता गरेमा ब्याजको ३ प्रतिशत, भुक्तानी गर्न बाँकी ब्याज रकममा सय प्रतिशत ब्याज चुक्ता गरेमा ब्याजको ५ प्रतिशत र भुक्तानी गर्न बाँकी हर्जाना रकममा सत प्रतिशत छुट गरिने उल्लेख छ । संस्थाको काठमाडौं, भक्तपुर र ललितपुरमा सेवाकेन्द्रहरु रहेका छन् ।
Leave a comment