हाइलाइट

हप्ताको दुई दिन संस्था खोल्न जिल्ला संघको निर्देशन

हप्ताको दुई दिन संस्था खोल्न जिल्ला संघको निर्देशन :: Sahakari Akhabar

झापा । जिल्लाका सहकारी संस्थाहरुलाई हप्ताको दुई दिन संस्था खोलेर सेवादिन जिल्ला संघले निर्देशन दिएको छ । संघले लकडाउन सुरु भएपछि संस्थाहरु निरन्तर बन्द रहेकाले त्यस्ता संस्थाहरुलाई हप्तामा कम्तिमा दुई दिन कार्यालय खोल्न भनेको हो ।

संघले प्रेस विज्ञप्ती प्रकाशन गरी संस्थाका कर्मचाररुहरुलाई सकेसम्म निश्कासन नगर्न र संस्थाको बैकल्पिक उपायहरु अवलम्बन गरी संस्था निरन्तर संचालन गर्ने बताबरण मिलाउन आग्रह गरेको छ ।

संस्थाका ऋणी तथा बचत सदस्यहरुलाई एकै परिबारको सदस्यको ब्यवहार गर्न र उनीहरुको समस्याको पहिचान गरी आबश्यकता भए सहयोग गर्न पनि भनेको छ । सदस्यलाई आवश्यकताको अवस्था हेरी बचतको सिमा तोकेर साथै नगद भन्दा डिजिटल कारोबारकालागि उत्प्रेरणा दिन अनुरोध गरेको छ । कर्मचारीलाई घरबाटै सेवादिन र आलोपालो गरी कर्मचारीलाई परिचालन गराउन संघले अनुरोध गरेको छ । 



Leave a comment