हाइलाइट

सवारी पासको विषयमा महासंघ चुप, कारोबारको सिमा तोकेर सेवा दिन अपिल

सवारी पासको विषयमा महासंघ चुप, कारोबारको सिमा तोकेर सेवा दिन अपिल :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघ लकडाउनको समयमा सहकारी संघसंस्थाहरुकालागि आवश्यक पर्ने सबारीपासको विषयमा मौन बसेको छ । महासंघले आज ६ गते प्रेस विज्ञप्ती जारी गर्दै सहकारी संघसंस्थाहरुकोलागि सिमा तोकेर सेवा दिन अपिल गरेको छ ।

स्थानीय प्रशासनसंग समन्वय गर्दै आंशिकरुपमा संस्थाको तरलतामा असर नपर्ने गरी कारोबारको सिमा निर्धारण गरी सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा संस्थाको कार्यालय खोल्न नसक्ने परिस्थितिमा नजिकको कर्मचारी वा सम्पर्क ब्यक्ती तोकेर सेवा दिने विज्ञप्तप्मा उल्लेख छ ।

गृह मन्त्रालयले जेठ ५ गते अति आवश्यकीय सेवा प्रदान गर्नु पर्ने कार्यकालागि सम्वन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनमध्ये एक चौथाईले नबढ्ने गरी सवारी पास उपलब्ध गराउन सहकारी संस्थालाई समेत उल्लेख गरेर प्रेस विज्ञप्ती जारी  गरेको थियो ।

गृहले विज्ञप्ती जारी गरेपनि सहकारी संघ संस्थाले सहकारी विभागबाट सवारीपास पाएका छैनन् । विभागले मन्त्रालयले परिपत्र जारी नगरेको हुनाले तत्काल सवारीपास उपलब्ध गराउन नमिल्ने बताएको छ । 
 



Leave a comment