काठमाडौं । लकडाउनको समयमा अति आवश्यकीय सेवा प्रबाह गर्नकालागि सम्वन्धित नियामक निकायले सवारी पास उपलब्ध गराउन गृहले निर्देशन दिएको छ ।
गृह मन्त्रालयले प्रेश विज्ञप्ती जारी गरी अति आवश्यकीय सेवा प्रदान गर्नु पर्ने कार्यकालागि सम्वन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनमध्ये एक चौथाईले नबढ्ने गरी सवारी पास उपलब्ध गराउने भनिएको छ ।
सहकारीको नियामक निकायको रुपमा सहकारी विभाग रहेकोले सहकारीहरुले विभागको सिफारिसमा सवारी पास बनाउन पाउने भएका छन् । केही समय अघि देखि प्रशासनले पास नदिएका कारण सदस्यहरुलाई सेवा प्रवाह गर्न कठिन भएको भन्दै सहकारीहरुले गुनासो गर्दै आएका थिए ।
गृह मन्त्रालयले जेठ ५ गते सोमबार प्रेस विज्ञप्ती प्रकाशन गरी अति आवश्यकीय सेवा प्रवाह गर्नु पर्नै कार्यकालागि आवश्य पर्ने कर्मचारी मध्ये एकतिहाई कर्मचारीबाट सदस्यलाई सेवा दिन भनेको हो । विज्ञप्तीमा बैंक तथा वित्तिय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नु पर्ने कार्यकालागि आबश्यक पर्ने कर्मचारी मध्ये एकतिहाई कर्मचारीबाट सेवा दिन भनिएको छ ।
त्यसैगरी स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी आलोपालेमा सेवा दिनु पर्ने भनीएको छ । कोरोना भाइरस संक्रमणको त्रासमा नेपाल सरकारले लकडाउनको अवधि थप गरी बैशाख २० गते सम्म पुर्याएको छ ।
Leave a comment