हाइलाइट

सहकारी बैंकको संरक्षित पूँजी फिर्ताकोषबाट रकम बाँडफाँड,  एघार हजार वढी संस्था लाभान्वित

सहकारी बैंकको संरक्षित पूँजी फिर्ताकोषबाट रकम बाँडफाँड,  एघार हजार वढी संस्था लाभान्वित :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पूँजी फिर्ताकोषबाट रकम बाँडफाँड गरेको छ । बैंकले सहकारी ऐन ०७४ तथा नियामावली ०७५ को प्रावधान अनुरुप आर्थिक वर्ष ०७५/०७६ मा  छुट्याइएको संरक्षित पूँजी फिर्ता कोषबाट ११ हजार १ सय २५ सहकारी संघसंस्थाहरुलाई रकम बाँढफाँड गरेको हो ।

यस आर्थिक वर्षमा बैंकले सवै भन्दा धेरै बचत तर्फ १६ लाख ६१ हजार र कर्जा तर्फ १० लाख ३२ हजार सम्म पाउने संस्था रहेको जनाएको छ । ३९८ संघसंस्थाले ५० हजार वढी रकम संरक्षित पूँजी फिर्ता कोषबाट पाएको राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले जानकारी दिएका छन् ।

प्रावधान अनुसार सहकारी संघ संस्थाले सदस्यहरुले गरेको बचत तथा ऋणको कारोबारका आधारमा को बचतको ब्याजकालागि ४० प्रतिशत तथा कर्जाको कारोबारकालागि ६० प्रतिशत संरक्षित पूँजी फिर्ताकोषबाट रकम फिर्ता गर्नु पर्ने हुन्छ । 



Leave a comment