ललितपुर । राष्ट्रिय सहकारी महासंघले भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दुईवटा कार्यविधि पेश गर्न लागेको छ । संघले कर्जा सूचना केन्द्र र सहकारी बचत तथा कर्जा सुरक्षण कोष संचालनको कार्यविधि पेश गर्ने जनाएको छ ।
संघकोको शुक्रबार बसेको संचालक समितिको बैठकले सहकारी संघ संस्थाको वित्तीय कारोबारको जोखिमलाई न्यूनीकरण गर्न विशिष्टकृत सहकारी संघको ढाचामा कर्जा सूचना केन्द्र र सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापनाका लागि मन्त्रालयमा कार्यविधि पेश गर्ने निर्णय गरेकोे छ ।
सहकारी ऐन अनुरुप स्थापना हुने कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोषको स्थापनाको आधार, सदस्यता, पूजी संरचना, सांगठनिक ढाचा लगायतका व्यवस्थाहरु मन्त्रालयले स्वीकृत गरेवमोजिम हुने भएकोले महासंघले यस भन्दा अगावै उक्त केन्द्र र कोष स्थापनाकालागि सरोकारवाला निकायहरुसंग छलफल गरी विनियमको मस्यौदा तयार गरेको जनाएको छ ।
Leave a comment