संस्था बन्द गर्न संघहरुको निर्देशनः सम्पर्क ब्यक्ती तोकेर सेवा दिनु

संस्था बन्द गर्न संघहरुको निर्देशनः सम्पर्क ब्यक्ती तोकेर सेवा दिनु :: Sahakari Akhabar

काठमाडौं । उपत्यकाका जिल्ला सहकारी संघहरुले सदस्य संस्थाहरुलाई सम्पर्क ब्यक्ती तोकेर सेवा दिन निर्देशन दिँदै धमाधम संघका कार्यालयहरु बन्द गर्न थालेका छन् । सरकारले कोरोना संक्रमणको संख्या बढेसंगै लकडाउनलाई कडाई गरेकोले अत्यावश्यक सेवामा समेत कटौती गरेको छ । लकडाउनमा संस्था खोलेर सेवा दिने भन्दै सहकारीकर्मीले सवारी पासको समन्वय गर्न संघ तथा केन्द्रिय संघहरुलाई अनुरोध गरेका थिए । उपत्यकाका संघ तथा विषयगत संघहरुले भच्र्युअल बैठक बसी पासको ब्यवस्था गर्न नसक्ने भन्दै आवश्यकता हेरेर सम्भावना भएसम्म मात्र सेवा दिन निर्देशन गरेका छन् । उपत्यका ३ जिल्लाका सहकारी संघहरु र बिषयगत सबै संघहरुका अध्यक्षहरुको संयुक्त बैठकले कोरोना संक्रमणको अवस्था दिनदिनै बढेको र राज्यले लकडाउनलाई कडाई गरेकोले सवारीपासको ब्यवस्था गर्न नसकिने निश्कर्ष निकालेका थिए । साथै सहकारी विभागले पनि तत्काल सवारीपास उपलब्ध गराउन नसकिने र कसैलाई पनि नदिएको बताए पछि सहकारीको सेवा प्रवाभित भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले छुट्टा छुट्टै सूचना प्रकाशन गरी सदस्य संस्थाहरुलाई सम्पर्क ब्यक्ती मार्फत सेवा दिन र पूर्ण रुपमा लकडाउनको पालना गर्न आग्रह गरेका छन् । संघले संसारभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउनकालागि नेपाल सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न भनिएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सिमित कारोबारकालागि बिहान साढे १० बजे देखि दिँउसो साढे १ बजे सम्मको समय तोकेको छ । काठमाडौं बचत तथा ऋण सहकारी संघले सम्पर्क ब्यक्ती तोकेर समय र रकमको सिमा तोकेको छैन । त्यसैगरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सम्पर्क ब्यक्ती मात्र तोकेको छ ।



Leave a comment