काठमाडौं । सहकारी संस्थाको सेवा नियमित रुपमा सञ्चालन गर्न आवश्यक पर्ने सवारी पास सहकारी विभागले तत्काल उपलब्ध गराउन नसकिने जनाएको छ ।
सहकारी संस्थाका कर्मचारी, सञ्चालकको लागि सवारी पास दिन गृह मन्त्रालय र सम्बन्धीत मन्त्रालयबाट परिपत्र नआएका कारण सहकारी विभागले पास उपलब्ध गराउन नसकिने जनाएको छ ।
सहकारी विभागमा सबारी पासकालागि अनुरोध आए पनि कसैलाई पास उपलब्ध नगराएको र तत्कालको अबस्थामा पास दिन सक्ने अबस्था नभएको रजिष्ट्रार डा. टोकराज पाण्डेले बताए ।
सवारी पास दिनु भनेर कुनै निकायबाट पनि परिपत्र नआएको र कुनै पनि सहकारीका लागि पास उपलब्ध नगराएको रजिष्ट्रार पाण्डेको भनाई छ । सवारी पासलाई नै मुख्य विषय नबनाई नजिक रहेका सिमित कर्मचारीबाट सेवा प्रवाह गर्न उनले भने अहिलेको अवस्थामा भिडभाड नगरी आफ्नो सेवा प्रवाह गर्नुपर्ने पाण्डेले भने ।
Leave a comment