हाइलाइट

महामारी र सहकारीमा सदस्य सुरक्षा ब्यवस्थापन

महामारी र सहकारीमा सदस्य सुरक्षा ब्यवस्थापन :: Sahakari Akhabar

यस्तो बेला सदस्य हरुको आत्मा सम्मानमा चोट पुर्यायर वा मानशिक दबाव दिएर ऋण उठाउने प्रयास गर्नु हुन्न । संस्थाले गिअप मयधल अवधिमा असुलि गर्नु पर्ने किस्तालाई सो समय समाप्त भए पछि असुल गर्ने वातावरण मिलाउने । समयावधिको पुनरावलोकन गरिदिने । सर्त सहित नविकरण गरिदिने वा ऋणको तालिकिकरण परिवर्तन गर्ने काम गर्नु पर्छ ।

-केशव पोखरेल

कोरोना (कोभिड १९) द्वारा उत्पन्न विश्वव्यापि महामारीले प्रभाव पारीरहेको बेला दुनियाँका धेरै देशहरू बन्दाबन्दीको अवस्थामा रहेका छन । हाम्रो देशमा पनि गत चैत्र ११ देखि लकडाउन निन्तर जारी छ । यस परीस्थितिले सहकारी संस्थाहरुलाई निश्चय नै प्रभाव पार्ने नै भयो । यस बेला सहकारीका सदस्यहरू स्वयं संकटमा परेका छन ।

आर्थिक गतिविधि शुन्यप्राय छ । संस्थामा सक्रिय कारोवार गर्ने सदस्यहरू बाध्यतावश निश्क्रिय बन्दैछन । भय र त्रास फैलिएको छ । यश परिस्थितिमा सहकारी संस्थाहरूले सदस्य सुरक्षा व्यवस्थापनमा ध्यान दिदै सदस्यहरूको संरक्षण गर्नु पर्ने दायित्व आइपरेको छ । सहकारीको महत्व बोध गराउनु पर्ने बेला भएको छ । विश्व ऋण परिषदले सदस्य सुरक्षा सिद्धान्तको प्रतिपादन गर्नुको सान्दर्भिकता यतिखेर प्रष्ट भएको छ ।

सदस्यहरूबिच सचेतना र सेवा : सदस्यहरूलाई नोवेल कोरोना भाईरस यसका लक्षण, फैलिने कारण, बच्ने उपायका बारेमा संस्थाका तर्फबाट प्रचार सामाग्री तथा सामाजिक सञ्जालको माध्यमबाट चेतना दिने । बन्दाबन्दिको पालना र मनोबल उच्च राख्न, घरमा नै कुनै न कुनै उत्पादन कार्यमा संलग्न र सिर्जनसिल कार्यमा लाग्न उत्प्रेरणा दिने ।

यसको लागि युटुब वा फेसबुक पेज वा टेलिफोनको माध्यमको उपयोग गर्ने । यस्तो बेला प्रविधिको उच्च प्रयोग गरी वा उच्च सतर्कता अपनाउदै जम्मा हुने र वितरण गरिने नोटहरूलाई संक्रमण रहित बनाउदै कार्यालय, सदस्य कक्ष र सदस्यहरूका हातलाई समेत सेनिटाईजरको ब्यबस्था गरि संक्रमण रहित बनाउने र कार्यलय बाहिर साबुन पानीको ब्यवस्था मिलाउने । भौतिक दुरी कायम गरि कारोबारको ब्यबस्था मिलाउने ।

कार्यलय प्रवेश गर्दा सदस्यहरूलाई माक्सको ब्यवस्था मिलाउने । भोकमरिमा पर्ने सदस्यहरूको अभिलेख तयार गरी खाद्य सामाग्रीको ब्यवस्था मिलाउने । सरकारी राहत बितरणमा सदस्यकोलागि समन्वय गरिदिने ।

मितब्ययीता र बित्तिय साक्षरता : यस अबस्थामा सदस्यहरूलाई मितव्ययी बन्न, फजुल खर्च नगर्न, ऋणको उचित सदुपयोग गर्न, सदस्यहरु संस्थामा आउँदा कुनै डिस्प्लेको माध्यमबाट वा संस्थाको फेसवुक पेज मार्फत वित्तिय साक्षरता शिक्षा प्रदान गर्ने ।

एकको लागि सबै र सबैको लागि एक प्रणाली स्थापित गर्ने : सदस्यहरू बिच एकले अर्कोलाई सहयोग पुर्याउन बचत यथेष्ठ भएका सदस्यहरूलाई कम बचत निकाल्न र ऋण असुल गर्न सक्षम सदस्यहरूलाई समयमा ऋण असुल गरीदिन आग्रह गर्ने ताकि संस्थाको तरलता ब्यबस्थापनले अरू सदस्यहरूलाई सेवा पुगोस । यसको लागि संस्थाले सदस्यहरूको अबस्था विश्लेषण गरी सहयोग गर्न आग्रह गर्ने ।

आत्मासम्मान युक्त ऋण असुलि अभ्यास : यस अवस्थामा सबै सदस्यहरूलाई आफ्नो भाखा भित्र ऋण असुल गर्न गारो हुन्छ । ब्यापार ब्यबसाय, पेसा ,उद्योग धन्दा, रेमिटेन्स सबैमा रोकावटको कारण आम्दानीको श्रोतमा गिरावटले गर्दा अथवा उत्पादनमा लाग्न असर्मथताको कारण ऋण समस्यामा पर्न सक्छ ।

यस्तो बेला सदस्य हरुको आत्मा सम्मानमा चोट पुर्यायर वा मानशिक दबाव दिएर ऋण उठाउने प्रयास गर्नु हुन्न । संस्थाले गिअप मयधल अवधिमा असुलि गर्नु पर्ने किस्तालाई सो समय समाप्त भए पछि असुल गर्ने वातावरण मिलाउने । समयावधिको पुनरावलोकन गरिदिने । सर्त सहित नविकरण गरिदिने वा ऋणको तालिकिकरण परिवर्तन गर्ने काम गर्नु पर्छ ।

बचत तथा ऋणकोब्याज दर र सेवा शुल्क : यस अवस्थामा बचत बढि फिर्ता हुने, ऋण असुलीको सम्भवाना कम हुने हुँदा तरलता कम हुन सक्छ । यस्तो बेला बचतको ब्याज वृद्धि गर्ने, फरकता दर कम राखेर भए पनि ऋणको ब्याजलाई नियन्त्रण गरि लागू गर्ने । बन्दाबन्दिको समय र यस अवधिमा असुल हुनुपर्ने ऋणको लागि ब्याज दरमा छुट, पाकेको ब्याजमा निश्चित ५ छुट, तथा ब्यवस्थापन र सेवा शुल्कमा छुट गरेर सदस्यलाई राहत प्रदान गर्न सकिन्छ ।

यसरी यो महामारीमा सदस्यको सुरक्षा ब्यवस्थापन गर्न आ–आफ्ना संस्थाले विषेश योजनाका साथ लाग्नु पर्छ । अल्पकालिन रूपमा निश्चित रकम खाननै अप्ठ्यारो हुने सदस्य हरुलाई निश्चित समयका लागि निब्याजी ऋण प्रदान गर्न सकिन्छ । अथवा कोभिड १९ को लागि नै पनि विमा गराउन सकिन्छ । लेखक : नेफ्स्कूनका पूर्व कोषाध्यक्ष हुन् । 



Leave a comment