हाइलाइट

दैनिक एक हजार टन सहकारी उत्पादन खेर जान्छ 

दैनिक एक हजार टन सहकारी उत्पादन खेर जान्छ  :: Sahakari Akhabar

कृषि सहकारीका बोर्ड राखेकै भरमा र पहुँच पुर्याएको भरमा अनुदान दिन नहुने काम गरेको आधारमा निरिक्षण गरेर मात्र सहकारी मार्फत किसानलाई अनुदान दिनु पर्ने

काठमाडौं । तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघका अध्यक्ष विनोद पराजुलीले सहकारीको आफ्नै बजार नहुँदा दैनिक हजार टन् सहकारीको उत्पादन खेर गइरहेको बताए । सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा उनले कालिमाटी तरकारी बजारमा पनि किसानहरूद्वारा सञ्चालित सहकारीको पहुँच नभएको गुनासो गरे ।

कालिमाटी बजारमा ९ प्रतिशत स्टल सहकारीले पाउने सहमति भएपनि त्यहीका व्यापारीहरूले सहकारी बनाएर कब्जा गरेको बताए । सहकारीको उत्पादन भएर पनि बजार विस्तारकालागि जमिन नभएकोले उत्पादित तरकारी तथा फलफूल खेरफाल्नु पर्ने अवस्था भएको उनको भनाई छ ।

उनले भने ‘सरकारको पछि लागेर जमिनकालागि भौंतारिरहँदा कुनै उपाय नलागेपछि, केन्द्रिय संघको पहलमा काठमाडौ महानगरपालिकाको वडा नं ६ मा डेढ रोपनी जग्गा भाडामा लिएर बजार स्थापना गरेका छौं । यो बजारको निर्माण अन्तिम चरणमा पुगेका छ, महामारी पछि बजार संचालनमा आउँछ ।’ उनले बजार ब्यवस्थापनकालागि जमिनको खोजी भइरहेको र शहरी क्षेत्र प्रमुख बजार भएकोले सम्भावना भएको क्षेत्रमा बजार ब्यवस्थापनकालागि जमिन खोज्ने कार्य भइरहेको बताए ।

उनले उत्पादनको बजारीकरण, मल तथा बीउको समस्या रहेको बताए । उनले उत्पादनमा ब्यापकता ल्याउन, गुणस्तर र मूल्यमा प्रतिश्प्रधी बनाउन एक्लो सहकारीले मात्र सम्भव नभएकोले यसमा राज्यले पनि सहयोग गर्न अनुरोध गरे । किसानले पाउने अनुदानको प्रकृया सहज गरेर बास्तबिक किसानकोमा प्रयाप्त अनुदान र प्रविधको सहयोग पनि गर्नु पर्ने बताए ।

कृषि सहकारीका बोर्ड राखेकै भरमा र पहुँच पुर्याएको भरमा अनुदान दिन नहुने काम गरेको आधारमा निरिक्षण गरेर मात्र सहकारी मार्फत किसानलाई अनुदान दिनु पर्ने उनको भनाई छ । 
 



Leave a comment