काठमाडौं । लकडाउनको समयमा सदस्यलाई सेवा दिन सहकारीहरुलाई सहकारी विभागले पासको ब्यवस्था गर्ने भएको छ । केही समय अघि देखि प्रशासनले पास नदिएका कारण सदस्यहरुलाई सेवा प्रवाह गर्न कठिन भएको भन्दै उपत्यकाका सहकारीहरुले गुनासो गर्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यालय बबरमहलको पत्र अनुसार मन्त्रिपरिषदको निर्णयमा उल्लेख भएबमोजिमका सेवाहरु सुचारु गर्न स्वस्थ्य, सुरक्षाका मापदण्ड पालना गरी गराई सामाजीक दुरी कायम गरी सेवा प्रवाह गर्न अनुरोध गरेको छ । पत्रमा सहकारी संस्थाहरुले सुरक्षा मापदण्डको पूर्ण पालना गरी आबश्यकताको एक तिहाई कर्मचारीबाट सेवा संचालन गर्न सहकारी विभागले सवारी पासको ब्यवस्था मिलाउने पत्रमा उल्लेख छ ।
केही दिन अघि उपत्यकाका जिल्ला सहकारी संघ र विषयगत संघहरुको संयुक्त बैठक बसी सदस्यहरुलाई पासको ब्यवस्था गर्ने बचन दिएका थिए । त्यसको लगत्तै जिल्ला सहकारी संघ काठमाडौंले प्रशासनलाई समन्वयकालागि गुहार गरेपनि प्रशासनले कुनै चासो दिएको थिएन ।
गृह मन्त्रालयलाई सहकारी मन्त्रालयको पत्र चाहिने भन्दै फकाई दिएको थियो । राष्ट्रिय सहकारी महासंघले भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई समन्वय गरिदिन अनुरोध गरेको थियो । मन्त्रालयले पनि पत्र नलेखि गृहलाई मौखिक अनुरोध मात्र गरेर सहकारीलाई टारेको थियो । लकडाउनको अन्तिम अवस्थामा उपत्यकामा केही खुकुलो गरेसंगै सहकारी, बैंक तथा वित्तिय संस्था लगायतका अत्याबश्यक सेवा दिन प्रशासनले सवारी पासको ब्यवस्था गरेको हो ।
Leave a comment