हाइलाइट

नेशनल कोअपरेटर्स एलायन्स क्षेत्र नं ८ को संयोजन रक्तदान

नेशनल कोअपरेटर्स एलायन्स क्षेत्र नं ८ को संयोजन रक्तदान :: Sahakari Akhabar

काठमाडौं । सक्रिय सहकारी सञ्जालको आयोजनमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नागार्जुन नगरपालिका मिलन टोलस्थित अधिकारी ड्राइभिङ सेन्टरको प्राङ्गणमा रक्तदान कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई दाता विनायक इन्भेष्टमेन्ट प्रा.लि., अधिकारी ड्राइभिङ सेन्टर र नेशनल कोअपरेटर्स एलायन्स क्षेत्र नं ८ को संयोजन गरेका थिए भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी सीतापाइला उपशाखाले गरेको थियो ।

कार्यक्रममा ३२ जनाले रक्तदान गरेको सञ्जालका कार्यकारी सदस्य दिनेश थापाले जानकारी दिए ।कोभिड–१९ ले गर्दा संघसंस्थाहरुले सहजरुपमा रक्तदान कार्यक्रम गर्न नसक्दा रगतको अभाव भएपछि सामाजिक दुरी कायम गर्दै रगतको अभावलाई कम गर्न कार्यक्रम आयोजना गरिएको थापाले जनाए । सक्रिय सहकारी सञ्जालमा काठमाण्डौ र ललितपुरका २२ सहकारी संस्था आवद्ध रहेका छन् ।  



Leave a comment