काठमाडौं । । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रस चन्द्रागिरि उपसमिति र लियो क्लब अफ काठमाण्डौ, लालीगुराँससँगको सहकार्यमा रक्तदान जीवनदान भन्ने नाराका साथ तेश्रो रक्तदान कार्यक्रम गरेको हो । संस्थाको कार्यालय परिसरमा भएको रक्तदानमा ५० जनाले रक्तदान गरेको अध्यक्ष मनोज थापाले जानकारी दिए ।
रक्तदान गर्न चाहनेहरु धेरै भएपनि दुई घण्टा अवधिमा मात्र रक्तदान गरिएको उनले बताए । सामाजिक दुरी कायम गर्दै सुरक्षितसाथ कार्यक्रम गर्नु परेकाले निश्चित व्यक्तिलाई रक्तदानका लागि आव्हान गरिएको र सोही अनुरुप रक्तदाताको उपस्थिति रहेको अध्यक्ष थापाले बताए ।
रक्तदाताहरुलाई प्रमाणपत्रसहित धन्यवाद ज्ञापन गरिएको थियो । लकडाउनका कारण खुल्ला रुपमा रक्तदान कार्यक्रमहरु हुन नसक्दा रगतको अभाव बढ्दै गएको परिप्रेक्षमा संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमले अभाव न्यूनिकरणमा केहि मात्रमा भएपनि सघाउ पुर्याउने छ । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रले रगत अभाव भएको भन्दै सबैं संघसंस्था र क्लबहरुलाई रक्तदानका लागि आव्हान गर्दै आएको छ ।
Leave a comment