हाइलाइट

शिव शिखर कृषी सहकारीद्धारा विपद्कोषमा ८७५ किलो चामल सहयोग

शिव शिखर कृषी सहकारीद्धारा विपद्कोषमा ८७५ किलो चामल सहयोग :: Sahakari Akhabar

कैलाली । शिव शिखर कृषी सहकारी संस्था धनगढी शाखा कार्यालयले धनगढी उपमहानगरपालिकाको विपद् ब्यवस्थापन कोषमा ८७५ किलो चामल सहयोग गरेको छ ।

लकडाउनका कारण छाक टार्न समस्या भएकाहरु, दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने अति विपन्न लगाएतका वर्गलाई राहत पुगोस् भन्ने उद्धेश्यले स्थापना भएको धनगढी उप–महानगरपालिकाको विपद ब्यवस्थापन तथा राहत कोषमा सहयोग गरेको हो । राहत संस्थाका शाखा प्रवन्धक हेमराज जोशीले नगरप्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन् ।

साथै संस्थाले लकडाउन को समयमा घरबाट बाहिर निस्कन नमिल्ने असहज परिस्थितिमा सदस्य हरुको घरमै पुगि चेक सटही गर्ने, तथा सदस्यहरुलाई कुनै रोगको नियमित खानु पर्ने औषधी सकिएको अवस्थामा पनि घर घरमा पुर्याइदिने ब्यवस्था गरेको शाखा प्रमुख जोशीले बताए ।
 



Leave a comment