अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अहिले विश्वले सन् १९३० को आर्थिक मन्दी पछिकै चरम आर्थिक मन्दीको सामना गरिरहेको छ । यस्तो बिषम परिस्थीतिमा देशको अर्थतन्त्रलाई सहि बाटोमा हिडाउनका लागि सहकारी क्षेत्रले महत्वपुर्ण भुमिका खेल्नु आवश्यक छ । सहकारीहरुले एकताबद्ध भई संयमतापुर्वक प्रभावकारी रणनीति निर्माण गरि अगाडी बढेमा यो संकट व्यवस्थापनमा सहकारी क्षेत्रले महत्वपुर्ण योगदान गर्न सक्दछ
-सुर्यप्रसाद रिमाल
suryarimal80@gmail.com
अहिले बिश्व कोरोनामय छ, कोरोनाको कारण देशका समग्र क्षेत्रहरु प्रभावीत छन, यसबाट सहकारी क्षेत्र अछुतो रहन सक्ने कुरै भएन । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको देशव्यापी लकडाउनको महिना दिन पुरा भईसकेको छ, जसका कारण सर्बसाधारणको जिवनयापन अझै कठिन बनिईरहेको छ ।
सबै प्रकारका पसल तथा व्यवसायहरु बन्द छन, अनिवार्य आवश्यकताका किराना, सागसब्जी तथा डेरी पसलहरु केही समयकालागी मात्र खोलीएका छन र कतिपय बैंक तथा सहकारीहरुले केही सिमित समय सेवा प्रदान गरेका छन । सर्बसाधारणको दैनिक जीवनयापन अत्यान्त कष्टकर बन्दै गएको यस बिषम अवस्थामा सर्बसाधारण संग प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रले सर्वसाधारणको जीवनयापनलाई केही सहज बनाउन केहि पहल गर्नु आवश्यक छ ।
मेला, पर्म, सापटी जस्ता प्रथाबाट अनौपचारीक रुपमा सुरु भएको सहकारी अहिले देशकै ठुलो अभियानको रुपमा स्थापीत छ, २०१३ सालमा पहिलो पञ्चबर्षिय योजनाले सहकारी मार्फत ग्रामीण अर्थतन्त्रको सुधार गर्ने योजना बनाए पछि औपचारीक रुपमा सुरुभएको सहकारी क्षेत्रमा हाल ७० लाख जती सदस्य संगठीत छन, २ खर्ब भन्दा बढि बचत परिचालन भएको छ ।
देशको महत्वपूर्ण आर्थिक क्षेत्रको रुपमा स्थापीत भईसकेको सहकारी क्षेत्र कोरोना महामारीको समयमा कसरी संचालन तथा व्यवस्थापन गर्ने, सहकारी प्रती सदस्यहरुको बिश्वासलाई कसरी अझै बलियो बनाउने, संकट सामनाका लागि के कस्ता रणनीतिहरु निर्माण गर्ने, संकटबाट के शिक्षा हासिल गर्ने भन्ने बिषयमा चर्चा गर्दैछु ।
कारोनाको संकट टरेपनी यसले आर्थिक क्षेत्रमा ठूलो असर पारेको हुनेछ, यस चरणमा रोजगारी घटने, मुद्रास्फिती बढने र गरीबीको दर अझै बढने अवस्था आउँछ । तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सहकारी क्षेत्रले स्वरोजगार सृजना गराई स्थानीय उत्पादन बृद्धिमा जोड दिनुपर्दछ । देशमा बढेको युवा बेरोजगारीको चापलाई स्वरोजगार सृजना मार्फत उत्पादन बृद्धिमा उपयोग गर्नुपर्दछ । सरकार नपुगेको ठाउँमा तथा निजी क्षेत्रले नाफा नदेखेको ठाउमा समेत सहकारीले सेवा प्रदान गर्न सक्नुपर्दछ
बातावरणले सृजना गर्ने अप्रत्यासित अवस्था नै संकट हो, जुन कहिले कुन अवस्थामा आउछ भन्ने कुराको सहि अनुमान गर्न सकिदैन । यस्तो संकटको समयमा संकटबाट हुनसक्ने क्षतीलाई सकेसम्म कम गर्दै छिटो भन्दा छिटो पुर्नउत्थानको कार्य गर्नुपर्दछ । सहकारीमा आएको संकट व्यवस्थापनका चरणहरु निम्नअनुसार हुन सक्दछन ।
१.आन्तरीक संचार तथा समन्वय :
संकटले व्यक्तीमा आर्थिक तथा मानसीक रुपमा असर पार्दछ । व्यक्ति मानसिक रुपमा बलियो भएमा मात्र संकटबाट पार पाउन सक्दछ । तसर्थ संकट व्यवस्थापनको पहिलो चरणमा व्यक्तीमा परेको मानसीक असरलाई न्युनीकरणको प्रयास गर्नु पर्दछ । सहकारी क्षेत्र पनि हतास नभई नआत्तिईकन अगाडी बढनु पर्दछ ।
कोरोना महामारीले सहकारीका सदस्यहरुलाई पारेको मानसिक असर न्युनीकरणका लागि सदस्यहरु संग टेलीफोन, म्यासेन्जर, फेसबुकमार्फत नीयमीत सम्पर्कमा रही संस्था संकटमा पनि साथमा रहेको आभास गराउनु पर्दछ । नियमित बचत तथा ऋण भुक्तानीका लागि प्रेरीत गर्नु पर्दछ, । ऋणी सदस्यहरुलाई समयमा ऋण भुक्तानी गर्न नसकेर चिन्ता परेको भए आवश्यक सहजीकरण गर्नु पर्दछ ।
संकटको समयमा सहकारीबाट प्रदान गरिने सेवाको बारेमा सदस्यहरुलाई नियमित जानकारी प्रदान गर्दै संस्था सदैव सदस्यहरुको सेवाको लागि तत्पर छ भन्ने भावना सदस्यहरुमा सृजना गराउन प्रयत्न गर्नु पर्दछ । कर्मचारीहरुको मनोवल समेत उच्च राख्नु पर्दछ । भोली आउन सक्ने समस्याको आँकलन गरी समस्या आउनु भन्दा अगावै हल गर्न आन्तरीक संचार तथा सम्पर्क बलियो बनाउनु पर्दछ ।
सहकारीले प्रदान गर्ने सेवाको प्रकृयामा आमुल परिर्वतन आवश्यक छ । संकटबाट हासिल गरेको शिक्षाबाट दिर्घकालीन रणनीतिहरु अवलम्बन गर्नु पर्दछ । अव सहकारीले प्रविधिमा आधारीत सेवा प्रदान गर्नु आवश्यक छ, यसका लागि सहकारी मार्फत मोवाइल बैकिङ, ATM Card, Debit card, Credit card, QR Code, Online Shopping, Inter Coop fund transfer, Coop and Bank fund transfer, Digital Banking जस्ता सेवाहरु सुरु गर्नुपर्दछ ।
२. क्षती न्युनीकरण :
सदस्यको परिवारमा जन्म देखी मृत्यु सम्म हरेक सुखदुःखमा साथ दिदै आएको सहकारीले यस स्वास्थ्य संकटको समयमा समेत सदस्यको साथमा रहनु पर्दछ । कोरोना एक व्याक्तीबाट अर्को व्यक्तीमा सजिलै सर्ने भएकोले संकटको समयमा सहकारीमा कारोवार गर्दा उच्च सर्तकता अपनाउनु पर्दछ ।
सहकारीमा कार्य सम्पादन गर्ने कर्मचारी तथा कारोवार गर्न आउने सदस्यहरुमा एक अर्काका कारणबाट संक्रमण फैलन नदिनका लागी साबुन पानीले हात धोएर मात्र कार्यालय प्रवेश गर्ने, सेनीटाइएजर प्रयोग गर्ने लगायत अन्य सुरक्षाका उपाय अपनाउनुपर्दछ । साथै लकडाउनका कारण आय आर्जन गर्न नसकी जिवन यापनमा समस्या भएका सदस्य परिवारलाई लक्षित गरि खाद्यान्य राहतको व्यवस्थापनमा समेत भूमिका खेल्नु पर्दछ ।
यस चरणमा सहकारीले सदस्यहरुलाई प्रभावकारी सेवा प्रदान गरी सदस्यको आर्थिक संकट समाधानको प्रयत्न गर्नु पर्दछ । जसका लागि ससानो बचत फिर्ता तथा आपतकालीन ऋण लगानी, घरदैलो सेवा, छोटो समयको लागि निब्र्याजी कर्जा जस्ता सुबिधाहरु प्रदान गरी समुदाय तथा सदस्यप्रती उत्तरदायी हुदै समुदाय तथा सदस्यहरुको बिश्वास जित्नु पर्दछ । लकडाउनका कारण आम्दानी नघटने सदस्यहरुको पहिचान गरि उनिहरुबाट नियमित ऋण असुली तथा बचत बृद्धिको प्रयत्न गर्नु पर्दछ । यस महामारीको अवस्थामा प्रत्यक्ष कारोवार भन्दा पनि प्रविधिमा आधारीत कारोबार गर्न गराउन प्रोत्साहन गर्नु पर्दछ ।
३. पुर्न उत्थान : संकट सधै भरी रहिरहदैन । हाम्रो देशमा देखापरेको कोरोना महामारीको अवस्थामा अझै बढदै जान्छ की नियन्त्रणमा आउछ, यसै भन्न नसकीए तापनि कोरोना नियन्त्रणमा आएर अवस्था सामान्य तर्फ उन्मुख भएपछी पुर्नउत्थानको चरण प्रारम्भ हुन्छ । सहकारीलाई पुरानै अवस्थामा फर्काउन यो चरण महत्वपुर्ण हुन्छ । यस चरणमा अल्पकालिन रणनीतिहरु अपनाउनु पर्दछ ।
यस चरणमा बचत फिर्ता जाने, ऋण असुलीमा समस्या हुने कारणले तरलता संकट आउन सक्दछ, तरलता संकटको अवस्था आउन नदिनका लागी नियमित बचतलाई प्रोत्साहन गर्नु पर्दछ । लकडाउनका कारण आम्दानी घट्न गई बचत जम्मा गर्न तथा ऋण तिर्न नसकेका सदस्य समुहलाई लक्षित गरि शिघ्र असुलीका लागि हर्जना नलिने, व्याजमा छुट दिने रणनीति अख्तियार गर्नुपर्दछ ।
किनकी यो सहकारीले सदस्यसंग बलियो सम्बन्ध बनाउने समय पनि हो । तरलता संकटका कारणले सहकारी संचालनमा थप समस्या आएमा राष्ट्रिय सहकारी बैक तथा केन्द्रिय संघ संग प्रभावकारी समन्वय गर्नु पर्दछ । एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको मूल मर्मलाई अख्तियार गर्दे सहकारीले संकट पुर्न उत्थान कार्यबिधि निर्माण गरी लागु गर्नु पर्दछ । मितव्यीता कायम गर्न कतिपय खर्च कटौती गर्नुपर्ने हुनसक्छ ।
साथै संस्थाले आ.व. २०७६÷०७७ का लागि लिएको लक्ष्य समेत हासिल गर्न सम्भव नहुने अवस्था देखिने भएकाले तत्कालिन लक्ष्यमा परिर्वतन, प्राथमिकतामा परिर्वतन गरेर अगाडी बढनुपर्नेछ । संकटका कारण बिग्रिएको वित्तिय परिसूचकलाई परिस्थीतिको उपज मान्दै मिलाउदै अगाडी बढनु पर्दछ ।
४. संगठनात्मक शिक्षा : संकटले समस्या तथा चुनौती मात्र सृजना गर्दैन, यसले महत्वपुर्ण शिक्षा समेत दिने गर्दछ । कोरोना महामारीले सहकारी क्षेत्र अब कसरी अगाडी बढनु पर्दछ, आगामी दिनलाई कसरी व्यवस्थापन गर्नु पर्दछ भन्ने ज्ञान समेत प्रदान गरेको छ । अव सहकारी परम्परागत तरिकाले मात्र बिद्यमान चुनौतहिरुको सामना गर्दै अगाडी बढन कठिन छ ।
तसर्थ सहकारीले प्रदान गर्ने सेवाको प्रकृयामा आमुल परिर्वतन आवश्यक छ । संकटबाट हासिल गरेको शिक्षाबाट दिर्घकालीन रणनीतिहरु अवलम्बन गर्नु पर्दछ । अव सहकारीले प्रविधिमा आधारीत सेवा प्रदान गर्नु आवश्यक छ, यसका लागि सहकारी मार्फत मोवाइल बैकिङ, ATM Card, Debit card, Credit card, QR Code, Online Shopping, Inter Coop fund transfer, Coop and Bank fund transfer, Digital Banking जस्ता सेवाहरु सुरु गर्नुपर्दछ ।
यसका लागि सानो र थोरै पूँजीबाट सम्भव नहुने भएकोले सहकारीहरुको व्यापक एकिकरण, व्यवस्थापन करार, प्रविधिगत सहयोग मार्फत आधुनीक प्रविधिको आत्मसात गर्नसक्ने स्तरको हुनु पर्दछ । यसका लागि प्रविधिमा कर्मचारीको क्षमता बृद्धि गर्ने, दक्ष कर्मचारीको व्यवस्था गर्ने, सदस्यहरुलाई प्रविधिमैत्रि बनाउने, प्रविधिको प्रयोग तथा जोखिम न्युनीकरणका लागि प्रष्ट कार्यबिधिको निर्माण गर्नु पर्दछ ।
कारोनाको संकट टरेपनी यसले आर्थिक क्षेत्रमा ठूलो असर पारेको हुनेछ, यस चरणमा रोजगारी घटने, मुद्रास्फिती बढने र गरीबीको दर अझै बढने अवस्था आउँछ । तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सहकारी क्षेत्रले स्वरोजगार सृजना गराई स्थानीय उत्पादन बृद्धिमा जोड दिनुपर्दछ । देशमा बढेको युवा बेरोजगारीको चापलाई स्वरोजगार सृजना मार्फत उत्पादन बृद्धिमा उपयोग गर्नुपर्दछ । सरकार नपुगेको ठाउँमा तथा निजी क्षेत्रले नाफा नदेखेको ठाउमा समेत सहकारीले सेवा प्रदान गर्न सक्नुपर्दछ ।
अन्त्यमा
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अहिले विश्वले सन् १९३० को आर्थिक मन्दी पछिकै चरम आर्थिक मन्दीको सामना गरिरहेको छ । यस्तो बिषम परिस्थीतिमा देशको अर्थतन्त्रलाई सहि बाटोमा हिडाउनका लागि सहकारी क्षेत्रले महत्वपुर्ण भुमिका खेल्नु आवश्यक छ । सहकारीहरुले एकताबद्ध भई संयमतापुर्वक प्रभावकारी रणनीति निर्माण गरि अगाडी बढेमा यो संकट व्यवस्थापनमा सहकारी क्षेत्रले महत्वपुर्ण योगदान गर्न सक्दछ । लेखक : राष्ट्रिय सहकारी बैकका तालिम अधिकृत हुन् ।
Leave a comment