भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले कीर्तिपुर नगरपालिका वडा नम्वर ९ को कार्यालयलाई खाद्ययान्न सहयोग गरेको छ ।
संस्थाले वडा कार्यालयको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा २५ किलोको ६० बोरा चामल तथा खाने तेल १५० लिटर र मासको दाल १ सय किलो सहयोग गरेको हो । संस्थाले कीर्तिपुर सेवाकेन्द्र मार्फत उक्त सहयोग नगरपालिकाको वडा ९ लाई राहत सामाग्री हस्तान्तरण गरेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले जानकारी दिए ।
विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको उक्त कोषमा राहत सहयोग गरेको मुख्य प्रवन्धक गौतमले बताए ।
Leave a comment