हाइलाइट

नयाँपाटी साकोसको घुम्ती सेवा मार्फत रक्तदान कार्यक्रम

नयाँपाटी साकोसको घुम्ती सेवा मार्फत रक्तदान कार्यक्रम :: Sahakari Akhabar


काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले घुम्ति रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को संयोजन र संस्थाको आयोजनामा भएको घुम्ति रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले जानकारी दिए ।

संस्थाले गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल बसपार्क, बाहारी चोक, बीपी चोक र वडा नं ३ को नयाँपाटी चोकमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड –१९) को महामारीका बीचमा पनि मानवीय सेवा पुर्‍याउने र रगतको अभावलाई केहि मात्रामा भएपनि न्यूनिकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले घुम्ती रक्तदान आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । विशेष परिस्थितिमा पनि स्वयंसेवी रक्तदान गर्ने रक्तदातालाई धन्यवाद दिँदै उनले ‘रक्तदान ! जीवनदान !’ जस्तो महान कार्यमा सहभागि भएको भन्दै उनले प्रशंसा गरे ।

लकडाउनको अवस्थामा संस्थाका सदस्यहरुलाई मोबाइल बैंकिङ, स्मार्ट बैंकिङ र एटिएमबाट सेवा लिन सदस्यहरुलाई आग्रह गरिएको र अति आवश्यक परेमा सीमित रकम सदस्यलाई उपलब्ध गराउन निश्चित कर्मचारी तोकेर उपलब्ध गराउँदै आएको संस्थाका सह–व्यवस्थापक शिवभक्त मानन्धरले बताए ।



Leave a comment